झापा।

लान्यस क्वल अफ सुरुङ्गाले सहारा नेपालको सहयोगमा ल्याइएको सिरक समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत झापा गाउँपालिका–१ मिलनवस्तीका ८३ घर परिवारलाई जाडोका लागि न्यायो सिरक वितराणगरिएकोछ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा शुक्रवार उनीहरुलाई वितरण गरिएको हो । कनकाई नदीको किनारमा बर्षौदेखि बसोवास गर्दै आएका उनीहरु जोडोभर मुढा र पराल बालेर रात विताउँदै आएका छन् । विहानैदेखि बालबच्चासहित उपस्थित भएका सन्थाल परिवार न्यायो फाइबरको सिरक पाएपछि खुशी देखिएका थिए ।
जिल्लाकै विकट स्थानमध्ये यो वस्ती पनि रहेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । उनका अनुसार बर्षामा कनकाइ नदीको बाढी र हिउँदमा जाडोका कारण यी समुदायको जीवन कष्टकर हुने गरेको छ । यो वस्तीमा अति गरीब र विपन्न सन्थाल समुदायका ८३ घर परिवारको मात्र बसोवास रहेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र प्रहरी उपरीक्षक कृष्ण कोइरालाले प्रहरीले समाजमा विकृति विसंगति रोक्न, शान्ति र अमनचयन कायम राख्दै विपदमा परेकाहरुलाई समुदायसँग मिलेर सहयोग पनि गर्दै आइरहेको बताए । समुदाय प्रहरी साझेदारी अन्तरगत समाजमा जनचेतनामूलक कार्यक्रमसँगै आपत र विपदमा परेकालाई समुदायसँगै मिलेर विगतदेखि यसरी सहयोग गर्दै आएको उनीहरुले कार्यक्रम जानकारी दिएका थिए ।
क्लवका अध्यक्ष मनोज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्वलका डिस्ट्रिक मेजेनेर लीला चिमरियाले स्वागत मन्तव्य व्यक्त गर्दै यस बर्ष ४०० बढी परिवारलाई सहयोग गर्ने लक्ष्य रहेको बताए । उनले सहारा नेपाल र संस्थाकै सहयोगमा उनीहरुलाई न्यायो कपडा सहयोग गर्ने गरेको बताए । कनकाई नगरपालिकास्थित कोटीहोमको वृद्धाश्रामका १७ जनालाई र २१ जना बटुकलाई समेत न्यायो कपडा वितरण गरिने उनले जानकारी दिए ।
सो अवसरमा सशस्त्र प्रहरी २ नम्वर गणका प्रहरी उपरीक्षक ,राष्टिय अनुसन्धनका उप निर्देशक,स्थानीयवासी, जनप्रतिनिधि सहभागी थिए ।































