पाँच सञ्चारकर्मी पुरस्कृत एवं सम्मानित

0
1033

विराटनगर, 

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको १३औँ साधारणसभामा आज यहाँ पाँच सञ्चारकर्मी पुरस्कृत एवं सम्मानित भएका छन् ।

पुरस्कृत एवं सम्मानित हुनेमा खिलेश्वरी पत्रकारिता पुरस्कारबाट कमल पौडेल, नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय पदम सरदार र बाबुराम भण्डारी, प्रतिभा पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय हरिप्रसाद कोइराला र विवेक गौतम छन् ।

खिलेश्वरी पत्रकारिता पुरस्कार र नगर विकास पत्रकारित पुरस्कारको राशि जनही रु १५ हजार छ भने प्रतिभा पत्रकारिता पुरस्कारको राशि जनही रु २१ हजार छ । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सञ्चार क्षेत्रमा विकास एवं सहयोग पु¥याउने उद्देश्यले महानगरपालिकाले सञ्चार कार्य विधि मस्यौदा तयार गरिरहेकाले यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले सञ्चारकर्मीको वृत्ति विकासमा सहयोग गर्न महानगरपालिकाले कल्याणकारी कोष बनाउने यसमा नगरपालिकाको ८० प्रतिशत र सञ्चारकर्मीको २० प्रतिशत सहयोग हुनुपर्ने उल्लेख गर्दै अहिलेको वर्तमान परिस्थितिमा द्वन्द्व र अस्थिरतातर्फ मुलुकलाई जान नदिन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सञ्चार क्षेत्रको सूचना र समाचारबाट आम नागरिकमा जागरुकता बढेको चर्चा गर्नुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले सञ्चारकर्मीले आफ्नो पेशामा मर्यादित हुनुपर्ने र पत्रकारिताको क्षेत्रमा स्वस्थ आलोचना गर्नु राम्रो भएको बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि सञ्चारकर्मीको भूमिका अग्रणी हुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका संयोजक विक्रम लुइँटेलले पत्रकारिता क्षेत्रको विकासमा योगदान दिन स्थानीय तहले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव, उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुण्डदा, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वाञ्चल निर्देशक नितु गड्तौला, नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य जानुका बरालले समाजमा चेतना ल्याउन र गलत मानिसलाई खबरदारी गर्न पत्रकारिता क्षेत्र महत्वपूर्ण योगदान दिइरहेको चर्चा गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here