पूर्वी अफगानिस्तानमा आक्रमण चारको मृत्यु

0
310

अफगानिस्तान, माघ १६ । अफगानिस्तानकोsbपूर्वी भागमा पर्ने नान्र्हागार प्रान्तमा आज  बिहीबार भएको  दुईवटा छुट्टाछुट्टै आत्मघाती बम आक्रमणमा चार व्यक्तिको मृत्यु भएको समाचार छ ।
सो आक्रमणमा दुई प्रहरी र दुई आक्रमणकारीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

पहिलो आक्रमण प्रान्तीय राजधानी सहर जलालावाद सहरको पुल ई बेसोउद क्षेत्रमा विस्फोटक पदार्थ बोकेको एक आक्रमणकारीले गराएको बताइएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ९ः१६ बजे भएको सो आक्रमणमा आक्रमणकारी स्वयम्को मृत्यु भएको जनाइएको छ ।

यस आक्रमणमा नागरिक हताहति भने नभएको प्रहरी प्रवक्ता आज्रात हुसेनले बताए ।

त्यसैगरी दोस्रो आक्रमण जलालावाद सहरको पचिर वा आगान जिल्लामा अवस्थित एक प्रहरी चौकीको प्रवेशद्वारमा गरिएको जनाइएको छ । यस कार बम आक्रमणमा दुई प्रहरी र एक आतङ्ककारीको मृत्यु भएको हुसेनले बताए ।

यी दुवै आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छ्रैन । तर यस प्रकारको आक्रमणमा प्रायः जस्तो तालिवान आतङ्ककारीको हात रहने गरेको हुनाले यस आक्रमणमा पनि तालिवानकै हात रहेको प्रहरीले दाबी गरेका छन् ।

यस द्वन्द्वगत देशमा सन् २०१० सम्म नेटोसँग आबद्ध एक लाख ३० हजार सैनिक तालिवान लडाकूसँग युद्धरत थिए ।

हाल यो सङ्ख्यामा ५७ हजारभन्दा बढी सैनिक कमी आइसकेको छ । सन् २०१४ को अन्त्यसम्ममा नेटोसँग आबद्ध बाँकी सबै सैनिक त्यहाँबाट फर्किसक्ने यसअघि नै नेटोसँग आबद्ध देशहरुले निर्णय गरिसकेका छन् ।

त्यसपछि अफगानिस्तानको सुरक्षाको जिम्मा सबै अफगान सैनिकले नै लिनुपर्ने जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here