संविधानमा नअटेको पृथ्वी

1
800

 

शेखर ढकाल

पृथ्वी ,
तिमी सिङ्गो देश बनाएर सालिक बन्यौ
उm तिम्रो सालिक ढालेर महान राष्ट्रवादी बन्यो ।
उm सँग बथान थियो ,बथानसँग उन्मात थियो ।
कसाहिले पशु ढाले झै उसले त्यो सालिकलाई ढालिदियो।
अनि कर्कस आवाजमा सगर्व छाति पिटेर हाँस्यो।
त्यो अनियन्त्रित उन्मादको भुमरिमा उसले बिर्सियो
उसले टेकेको त्यो धर्ति तिमीले छाडेको नासो थियो ।
उसले बिर्सियो,त्यो मुर्ति ढल्दा नेपाल आमाको छाति
चसक्क चस्केको थियो ,चुरा चरक्क चर्केको थियो।
उसले बिर्सियो, उसलाई श्वास लिन सजिलो होस् भनेर
तिमीले स्वच्छ वायुको भण्डार साँचिदिएका थियौ ।
आफ्नो रगतका थोपा थोपाले उसका लागि
एउटा पहिचान राखिदिएका थियौ नेपाल
पृथ्वी ,
अचम्मको बिद्वता छ उसमा,
उ बाउ मारेर मितबाउको पुजा गर्दैछ।
आयतितवादका भजनसंग्रहमा राष्ट्रवादको स्लोक हाल्न बिर्सदैछ।
उ अस्तब्यस्त छ माओ र लेलिनका बेवारिसे ज्ञानहरुमा
तर उ दुई ढुङ्गा बिचको तरुलको बाणिलाई भुल्दैछ।
उसमा वडो गज्जवको संस्कार पलाएको छ
जाईकटक,झिकिकटक उसलाई थाहै छैन,
उ त लम्पसारवादको नशामा झुम्म छ।
उ कहिले ठाडो त कहिले धारे हात पार्छ।
नमस्कार उसलाई निक्कै अनौठो लाग्न थालेको छ।
अरुका फुलवारिका मालिलाई छातिमा टाँसेर
आफनै घर बनाउनेलाई सडकमा फालेको छ।
३पृथ्वी१
कस्तो अचम्म१ उसले नेपालको संविधान वनायो,
त्यहा पश्चिमको वाद अटायो, पुर्वको आश अटायो
देश भत्काउनेको इतिहास अनि बैक लुटनेको सहास अटायो
त्यहा पहाडेको टोपी अटायो, मधेशिको धोति अटाय‍ो
कुनै प्रभुक‍ो पाइन अटायो,कुनै प्रभुको होलिवाइन अटायो
तर बिडम्बना१ नेपाल बनाउने अपराध गरेवापत
उसको संबिधानका कुनै पानामा पनि पृथ्वी
न त तिम्रो नाम अटायो नत तिम्रो काम अटायो
अचम्म छ हिजोआज त पृथ्वी१तिम्रो नाम लिदा पनि
अछुत भईन्छ रे ,देशद्रोहि भईन्छ रे।
अचम्म छ पृथ्वी लुट्ने र भुट्नेका गाथाहरु लेख्दा लेख्दै
भरिएको उसको संबिधानमा तिम्रो पसिनाको छिटा पनि अटेनछ,
तिम्रो योगदानको स्यानो बाछिटा पनि अटेनछ।

 

1 COMMENT

  1. नमस्कार शेखर जी
    तपाइको पुर्वाञ्चल दैनिकमा प्रकासन भएको पृथ्वी जयन्ति बारेको रचना धेरैनै सर्ब क्रिस्ट लागो यसतै लेख रचना प्रकासन भै रहे देश बदल्न लाइ तपाइको जस्तो बिचार ले केहि हद सम्म टेवा पुराउने छ भन्ने कुरामा म आसा बादी छु।

    तपाइँ को बिचार लाइ सापटी लिने हो भन…
    (कस्तो अचम्म१ उसले नेपालको संविधान वनायो,
    त्यहा पश्चिमको वाद अटायो, पुर्वको आश अटायो
    देश भत्काउनेको इतिहास अनि बैक लुटनेको सहास अटायो
    त्यहा पहाडेको टोपी अटायो, मधेशिको धोति अटाय‍ो
    कुनै प्रभुक‍ो पाइन अटायो,कुनै प्रभुको होलिवाइन अटायो
    तर बिडम्बना१ नेपाल बनाउने अपराध गरेवापत
    उसको संबिधानका कुनै पानामा पनि पृथ्वी
    न त तिम्रो नाम अटायो नत तिम्रो काम अटायो
    अचम्म छ हिजोआज त पृथ्वी१तिम्रो नाम लिदा पनि
    अछुत भईन्छ रे ,देशद्रोहि भईन्छ रे।)
    यी लाइन हरु रहेक नेपालीले एक चोटी सोच्नु पर्ने ।

    नाम मदन निरौला
    हाल दुहा कतार
    घर कन्काई नगरपालिका ०८ लक्ष्मीपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here