यलम्बर सम्वत् को अवसरमा ‘किराया’ वडाको शुभकामना आदानप्रदान कार्यक्रम

0
1528

अर्जुनधारा।

किरात समुदायको नयाँ वर्ष यलम्बर सम्वत् ५०८१ र माघे संक्रान्तिको अवसरमा अर्जुनधारा–३स्थित किरात राई यायोक्खा वडा समितिको आयोजनामा बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटकीय स्थल स्थानीय फाल्गुनन्द शान्ति वन वाटिकामा रहेको माङखिममा समितिका अध्यक्ष सुवास राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

अर्जुनधारा–१का वडा सचिव खगेन्द्र लिङदेन, किरात राई यायोक्खा नगर समितिका सल्लाहकार भरतसिंह दुमी राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश नं.१का इञ्चार्ज दिपीन राई, किरात याक्थुम चुम्लुङकी पूर्व केन्द्रीय सदस्य मीना पन्धाकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार झलक याम्फू राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here