बिर्तामोडमा माघ ९ गतेदेखि ‘डान्स ब्याटल’ हुने

0
1207

बिर्तामोड ।

‘गायन ब्याटल’ त तपाईले सुन्नु या देख्नु भएकै होला । अब भने पूर्वमै ‘डान्स ब्याटल’ पनि हेर्न पाइने भएको छ । पछिल्लो समय युवा पुस्तामा ‘डान्स ब्याटल’ प्रतिको आर्कषण बढीरहेको बेला झापाको बिर्तामोडमा ‘डान्स ब्याटल’ प्रतिस्पर्धा हुने भएको छ ।

आगामी माघ ९ देखि ११ गतेसम्म अनवार स्टुडियो बिर्तामोडले अन्र्तराष्ट्रिय नृत्य कार्यशालाको आयोजना गर्दैछ । सो अवसर पारेर अन्तिम दिन ‘डान्स ब्याटल’ प्रतियोगिता गर्न लागिएको अनवार स्टुडियो बिर्तामोडका सञ्चालक रोशन गहतराजले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कार्यशालालाई भारतका २ र नेपालका २ जना नृत्य प्रशिक्षकले सहजीकरण गर्नेछन् । कार्यशालामा पूर्वका ५० बढी युवाको सहभागिता रहनेछ भने ‘डान्स ब्याटल’ का लागि काठमाडौँ र भारतदेखि समेत कलाकार प्रतिस्पर्धाका लागि आउने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here