वीरता लेडी जेसीजमा स्वस्तिकाले सम्हालिन् कार्यभार , इन्दिरा र राधालाई सम्मान

0
924

तुलसीप्रसाद निरौला ,बिर्तामोड । वीरता लेडी जेसीजको १६ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

वीरता लेडी जेसीजकी सन् २०२० की अध्यक्ष सुष्मा भण्डारी पौडेलकोे गलामा लगाइएको जेसीज अध्यक्षीय चेन संस्थाका पूर्व अध्यक्षहरुले वीरता लेडी जेसीजको १७ औं साधारण सभा तथा शाखा अधिवेसनबाट सर्वसम्मतबाट चयन भएकी सन् २०२१की अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको गलामा पहिर्याएर पदस्थापन गराएका थिए ।

निर्वाचन अधिकृत वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष सरु भूर्तेल खनालले सन् २०२१की अध्यक्ष स्वस्तिका आचार्य सिटौलासहितको नयाँ कार्यसमितिको घोषणा गरेकी थिइन् ।

वीरता लेडी जेसीजकी सन् २०२० की अध्यक्ष सुष्मा भण्डारी पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुनिल तिमल्सिना, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, वन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा रानामगरलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

कार्यक्रममा कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष संगीता चिमरियाले स्वागत गरेकी थिइन् भने अर्की कार्यक्रम संयोजक तथा तालिम संयोजक युनिता दवाडीले आस्था वाचन गरेकी थिइन् ।

पूर्व अध्यक्ष शोमा शिवाकोटीले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा सेलिसा उप्रेतीले जेसीज मिसन भिजन वाचन गरेकी थिइन् ।

 

कार्यक्रममा प्रत्येक बर्ष प्रदान गरिँदै आएको बर्षोत्कृष्ठ महिला सञ्चारकर्मीका रुपमा अन्नपूर्णपोष्टकी झापा संवाददाता राधा खनाललाई पुरस्कृत गरिएको थियो ।

यसैगरी वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले आफ्ना जन्मदाता तीर्थराज ढकाल र कर्मदाता यज्ञप्रसाद रिजालको स्मृतिमा स्थापना गरेको यज्ञ–तीर्थ पुरस्कारबाट वन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा रानामगरलाई नगद, सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।

त्यसैगरी बर्षोत्कृष्ठ जेसीको रुपमा रोजिना पाण्डे र नेपाल जेसीजको वक्तृत्वकलामा उत्कृष्ट सेलिसा उप्रेतीलाई सम्मान गरिएको थियो भने तीलरुपा श्रेष्ठ, भगवति मेचे खरेल , यसोदा उप्रेती र दमन्ता दाहाललाई जेसीजको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

सन् २०२१की अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले पदभार ग्रहण गरेसंगै कानुनी सल्लाहकारमा संगीता चिमरिया , महासचिवमा हिमा पौडेल , र कोषाध्यक्षमा झुमा चुडाललाई मनोनित गरेकी छिन् ।

त्यस्तै रक्तदान संयोजकमा मुना चुडाल , संचार संयोजकमा कमला राई , अवार्ड संयोजकमा विनिता तामाङ , सह संयोजकमा निशा शाक्य, खेलकुद संयोजकमा कुमारी लिम्वू ,सह संयोजकमा मञ्जु उप्रेती, संस्कृति संयोजकमा शिला उप्रेती, मनोरञ्जन संयोजकमा गीता ढुंगेल , अर्थ संयोजकमा पुनम घिमिरेलाई मनोनित गरिएको छ ।

त्यस्तै ज्येष्ठ नागरिक सम्मान संयोजकमा रिमा भट्टराई, सहसंयोजकमा जुनिता ओडारी, प्रकरण निर्देशकमा समिरा दाहाल , स्वागत सम्मान संयोजकमा गोमा भट्टराई, संस्था मूल्याङ्कन संयोजकमा लिला दंगाल , युवा संयोजक पार्वता श्रेष्ठ सह संयोजकमा इन्दिरा भेटवाल , , स्वास्थ्य संयोजकमा रेनुका महतो सहसंयोजकमा स्मृति रिमाल , वातावरण संयोजकमा अनिता पुरी ,सहसंयोजकमा संगीता कट्टेल , सदस्यता वृद्धि संयोजकमा कल्पना दाहाल , सामाजिक सञ्जाल संयोजक पारु श्रेष्ठ, मातृशाखा समन्वय संयोजक विमला भट्टराई वृद्धि संयोजक मञ्जु ओलीलाई मनोनित गरिएको छ ।

 

वीरता लेडी जेसीजको १७ औं साधारण सभा तथा शाखा अधिवेसनबाट सन् २०२१को अध्यक्षमा स्वस्तिका आचार्य सिटौला निर्विरोध निर्वाचित भएकी थिइन् भने कार्यकारीणी उपाध्यक्षमा संगीता गिरी , युनिता दवाडी, उपाध्यक्षहरुमा दीपा शिवाकोटी , मेनुका ओली, रोजीना पाण्डे, अर्चना रावत, सहसचिवमा सुमित्रा भट्टराई,जनसम्पर्क अधिकारीमा टीका तिवारी, तालिम संयोजकमा सेलिसा उप्रेती, शाखा सम्पादकमा पवित्रा गौतम निर्विरोध निर्वाचित भएका थिए ।

कार्यक्रममा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष सरु भूर्तेल खनाललाई भूतपूर्व अध्यक्ष क्लवमा र सन् २०२० कि अध्यक्ष सुष्मा भण्डारी पौडेललाई निवर्तमान अध्यक्षमा पदस्थापन गरिएको थियो ।

कार्यक्रममा सन् २०२० कि अध्यक्ष सुष्मा भण्डारी पौडेलले अध्यक्ष्यीय मन्तव्य राख्दै वर्षभरी गरेको कार्यबारे जानकारी गराउँदै सहयोग गर्ने सवैलाई धन्यवाद दिएकी थिइन् । त्यस्तै सन् २०२१ कि अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले वीरता लेडी जेसीजलाई नयाँ उचाई प्रदान गर्ने प्रतिवद्धता जनाएकी थिइन् ।

कार्यक्रमको सञ्चालन सन् २०२० कि महासचिव संगीता गिरी र सन् २०२० कि महासचिव हिमा पौडेलले गरेका थिए ।तस्वीर ःविनोद पाण्डे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here