बुधबारे जेसीजद्वारा गुरुकुलका व्रिद्यार्थीलाई सम्मान तथा खाद्यान्न वितरण

0
463

 

बुधबारे , बुधबारे जेसीजले सोमबार आनन्देश्वर शिव मन्दिर गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति १ का विद्यार्थीहरुलाई सम्मान तथा खाद्यान्न वितरण गरेको छ ।

पूर्वीय दर्शनका सफल व्याख्याता भएर विश्वमा पूर्वीय दर्शनको महत्व र गरिमालाई उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभियानमा लागेको भन्दै गुरुकुलका विद्यार्थीहरुलाई रुद्राक्षको माला, गीताको किताव प्रदान गर्दै प्रशंसा पत्रद्वारा सम्मान गरीएको हो ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व, कार्यकारिणी उपाध्यक्ष कृष्ण ढकालको संयोजकत्वमा आनन्देश्वर शिव मन्दिरका अध्यक्ष पहलमान बरालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले सबै धर्मको सार तत्व अहिंसा परमो धर्म भएको बताउँदै पूर्वीय दर्शनको विषयमा सिंगो विश्वले खोज अनुसन्धान गरिरहेको सन्दर्भमा पूर्वीय दर्शनका अनेकन महत्वपूर्ण विषयमा विश्वलाई चिनाउन, दर्शाउन र बुझाउन आवश्यक भएको बताए ।

समाजले पूर्वीय दर्शनका व्याख्यातासँग ठूलो आशा र भरोसा राखेकाले विश्वलाई पूर्वीय दर्शनका विषयमा बुझाउन जिम्मेवारीमा रहेकाले सक्नुपर्ने धारणा राखे । वाग्लेले जो जेमा दक्ष छ उसले थप दक्षता हासिल गरेर आप्mनो कर्तव्य पूरा गर्न लाग्नुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बरालले बुधबारे जेसीजले गरेको कार्यप्रति प्रसंशा गरे । उनले युवाहरुले धेरै गर्न सक्ने र गर्नुपर्ने धारणा राखे । कार्यक्रमका विशेष अतिथि गुरुकुलका गुरु लक्ष्मी तिम्सिनाले जेसीजले गरेको यस कार्य प्रति खुसी व्यक्त गर्दै सबैले पूर्वीय दर्शनको महत्व विश्वसामू बुझाउन लाग्नुपर्ने बताए । कार्यक्रममा गुरुकुलका गुरु नीधिराज सुवेदी, बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, प्रकाश भण्डारी, हेमन्तराज बराल, निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई लगायतको आतिथ्यता थियो ।

महासचिव सुजित बरालले सञ्चालन गरेको कार्यक्रममा गुरुकुलका २२ विद्यार्थीलाई सम्मान सहित खाद्यान्य वितरण गरिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here