रोट्रयाकको सप्तरंगी सपनामा रमाए विद्यार्थी

0
904

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापा अर्जुनधारा –५ मा रहेको श्री आधारभूत विद्यालय कञ्चनवारीका बिद्यार्थी सोमबार औधी खुशी भए । उनीहरु खुशी हुनुको कारण थियो – न्यानो कपडा प्राप्त गर्नु ।

रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनले रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउन , इन्टर्याक्ट क्लव अफ देवभूमीको सहकार्यमा विद्यालयमा सञ्चालन गरेको सप्तरंगी सपनाको समापन कार्यक्रममा न्यानो कपडा प्राप्त गरेपछि उनीहरु खुशी भएका हुन् ।

 

विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको महामारीका कारण लामोसमयदेखि बन्द रहेका विद्यालयहरू खुलेपनि कोरोना भाइरसको संक्रमणको त्रासले गर्दा विद्यार्थीहरु कम संख्यामा बिद्यालय आउन थालेपछि रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनले उक्त बिद्यालयमा सातदिन विभिन्न कार्यक्रम सञ्चालन गरेको रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनकि प्रेसिडेन्ट प्रकृति न्यौपानेले बताइन् ।

 

झापाका अन्य सामुदायिक बिद्यालयहरुमा सप्तरंगी सपना नामक कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।
सप्तरंगी सपना अन्र्तगत विद्यार्थीहरुलाई अनुजा अग्रवालले योगा, मेडिटेशन ,नृत्य सिकाएकी थिइन् भने प्रियंका शर्माले चित्रकला सिकाएकी थिइन् ।

त्यस्तै शुभला तामाङले बक्तृत्वकला सिकाएकी थिइन् भने प्रकृति न्यौपानेले यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा ,पानी तथा व्यक्तिगत सरसफाई शिक्षा , पोषण , लैंगिक समानता सम्वन्धी शिक्षा प्रदान गरेकी थिइन् ।

बिद्यार्थीहरुलाई दैनिक खाजा खुवाउनुका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरेर उनीहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट प्रकृति न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा क्लवकी मेम्वर निकिता ओलीले स्वागत र भाइस प्रेसिडेन्ट सालु कोइरालाले औचित्यमाथी प्रकाश पारेकी थिइन् ।

 

 

कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी , इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल , रोट्रयाक नेपालका एडीआरआर सन्नी गोयलले रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनले सञ्चालन गरेको सप्तरंगी सपना कार्यक्रमले बिद्यार्थीहरुमा उत्साह थपेको बताएका थिए ।

 

त्यस्तै श्री आधारभूत विद्यालय कञ्चनवारीका प्रधानाध्यापक टंकनाथ न्यौपानेले कोरोना भाइरसको संक्रमणको त्रासले गर्दा विद्यार्थीहरु कम संख्यामा बिद्यालय आउन थालेपनि रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनले सञ्चालन गरेको सप्तरंगी सपना कार्यक्रमले बिद्यार्थीहरुमा जाँगर थपिदिएको बताए ।

पहिले बिद्यालय आउन डराउने विद्यार्थी अहिले रमाइ–रमाई आउन थालेको बताउँदै उनले आगामी दिनमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्न रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनलाई आग्रह गरे ।

 

कार्यक्रममा हामीलाई पनि जाडो लाग्छ भन्ने अभियान अन्तर्गत बिद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको थियो । जाडोको समयमा एकसरो कपडा लगाएर लुगलुग काम्दै बिद्यालय आउने बिद्यार्थीहरु स्वीटर पाउँदा हर्षले गद्गद् भएका थिए ।

कार्यक्रममा बिद्यार्थीहरुले योगा, नृत्य , चित्रकला, बक्तृत्वकला प्रस्तुत गरेका थिए भने केक काटेर सप्तरंगी सपना कार्यक्रम समापन गरिएको थियो ।

 

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सेक्रेटरी सिद्धार्थ नविन उप्रेती, मिडिया पर्सन पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी आइएसओ मोनिका अग्रवाल , इन्टर्याक्ट क्लव अफ देवभूमीका प्रदिउस भण्डारीलगायतले सप्तरंगी सपना कार्यक्रमले बिद्यार्थीहरुलाई बिद्यालय आउन प्रेरित गर्ने बताएका थिए ।

 

 

कार्यक्रमको सञ्चालन रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनकी मेम्वर प्रियंका शर्माले गरेको मेम्वर अर्चना अधिकारीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here