झापा, किसानले शित भण्डारमा भण्डारन गरेको आलू कुहिएपछि ३० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको छ ।
नगदेवालीका रुपमा रहेको भण्डारन गरेको आलु कुहिएपनि नेको इन्सुरेन्स कम्पनी लिमिटेडले त्यस वापतको ३० लाख रुपैयाँ भुक्तानी दिएको हो ।
बिर्तामोडस्थित रोयल कोल्ड स्टोरेज प्रा.लि मा किसानद्वारा भण्डारण गरिएको स्याउ,आलु, सुन्तला,अनार ,नास्पाती ,अङ्गुर ,घ्यु र क्रिम बिग्रिएको र भुक्तानी दाबी गरेपछि क्षति बराबरको रकम भुक्तानी गरेको बिर्तामोड शाखा प्रमुख सुमन पोद्वारले जानकारी दिए ।

निर्जीवन बिमाको क्षेत्रमा अब्बल रुपमा काम गरिरहेको नेकोले समयमै बिमा दाबीको रकम हस्तान्तरण गरेको शाखा प्रमुख पोद्वारले बताए ।

रोयल कोल्ड स्टोरेज प्रा.लि का संचालक किशोर क्षेत्रीले कोल्ड स्टोरको मेसिनमा समस्या आएर कृषिजन्य बस्तु कुहिएर नष्ट भएपछि बिमा बापतको क्षतिपूर्ति माग गरेका थिए ।




























