बिर्तामोडमा ‘टिफिन बक्स’ शुरु

0
775
तस्वीरः शिशिर चौम्लागई

बिर्तामोड ।

ड्रिम्स ग्रुप अफ कम्पनीले झापामा टिफिन बक्स शुरु गरेको छ । बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जिल्लामै पहिलो पटक टिफिन बक्स खाजा सेवा शुरु गरेको प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।

व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै सबै क्षेत्रमा कार्यरत व्यक्तिलाई खाजा पु¥याउने लक्ष्य लिइएको पुडासैनीले बताए । उनका अनुसार न्यूनतम ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्ममा मेनुमा उल्लेख खाजा उपलब्ध गराइनेछ । हप्तामा एकदिन मेनु संकलन गर्ने र हप्ताभर सोही अनुसारको खाजा दिइने जनाइएको छ । हाल ४० प्रकारका खाजाहरु तयार गरने पुडासैनीले बताए ।

तस्वीरः शिशिर चौम्लागई

विभिन्न क्षेत्रमा काम गर्दै आएको सो कम्पनीले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, बीमा कम्पनी, विधालय र व्यवसायीलाई खाजा सेवा उपलब्ध गराउने तयारी गरेको छ । हालसम्म एक सय ५० जनाले टिफिन बक्सका लागि सम्झौता गरिसकेको कम्पनीका कार्यकारी निर्देशक सरोज खरेलले बताए ।

उनले हरेक दिन आफ्ना ग्राहकलाई स्वच्छ र स्तरीय खाजा खुवाउने बताए । १२ जना कर्मचारीले टिफिन बक्सको लागि काम गर्नेछन् । कम्पनीमा ५२ जनाले रोजगार पाएका छन् । मानिसको ब्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै आफ्नो कार्यालयमा स्वच्छ र गुणस्तरीय खाजा पु¥याउने उद्धेश्यले टिफिन बक्स सञ्चालनमा ल्याइएको जनाइएको छ ।

हाल बिर्तामोडसंगै, मेचीनगर,भद्रपुर,कनकाई, अर्जुनधारा र बुद्धशान्ति क्षेत्रमा सेवा उपलब्ध गराउने र क्रमश अन्य क्षेत्रमा पनि सेवा विस्तार गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here