उम्मेद्वार छान्न छुट्टा – छुट्टै प्यान

0
601

बिर्तामोड,

फागुन १६ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि लोकतान्त्रिक व्यवसायिक प्यानल र संयुक्त व्यवसायी प्यानलले छुट्टा छुट्टै उम्मेद्वारी घोषणा गरेका छन् ।

तस्बीर – विनोद पाण्डे / पूर्बाञ्चल

नेपाली कांग्रेस समर्थक व्यवसायीहरुले प्रकाश शिवाकोटीको अध्यक्षतामा लोकतान्त्रिक व्यवसायिक प्यानल र नेकपा तथा राप्रपा समर्थक व्यवसायीले सुवास भट्टराईको अध्यक्षतामा संयुक्त व्यवसायिक प्यानल घोषणा गरेको हो ।

तस्बीर – विनोद पाण्डे / पूर्बाञ्चल 

लोकतान्त्रिक व्यवसायिक प्यानलमा वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाधयषमा राजु घिमिरे(राज)जनसम्पर्क महिला उपाध्यक्षमा नैनकला भट्टराई, महासचिवमा रवीन्द्र भट्टराई, उदोग सचिवमा कुशल खतिवडा, वाािण्ज्य सचिवमा राजकुमार साह र कोषाध्यक्षमा दिपेन्द्र राउत रहेका छन् भने सह कोषाध्यक्षमा राधिका चुडाल हुमागाई रहेका छन् ।
त्यस्तै सदस्यहरुमा विशाल थापा, सनी गोयल, विकास वस्नेत, दीपक मित्तल, मनोज रौनियार, पुकार वराल, वलराम सिटौला, (राम) रहेका छन् ।महिला सदस्यमा तिलोतम्मा खत्री र तुलसा ढकाल रहेका छन् ।
उता संयुक्त व्यवसायी प्यानलको तर्फबाट भट्टराईको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, राप्रपाका तर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, नेकपाका तर्फबाट वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी,राप्रपाका तर्फबाट वाणिज्य सचिवमा कृष्ण पौडेल, नेकपाका तर्फबाट कोषाध्यक्षमा दुर्गा थपलिया र राप्रपाका तर्फबाट सह कोषाध्यक्षमा रञ्जु प्याकुरेलको उम्मेदवारी घोषणा गरिएको हो ।
त्यस्तै, नेकपाबाट सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गौरीशंकर गुप्ता (टिंकु) ,भगिरथ लुइँटेल, उदय शाह तथा महिला सदस्यमा रुचि शिवाकोटी , राप्रपाका तर्फबाट महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्कीको उम्मेदवारी घोषणा गरिएको हो ।
लोकतान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट २९ वुँदे प्रतिवद्धता सहित उममेद्वारी घोषणा गरिएको छ भने संयुक्त व्यवसायी प्यानलले २७ वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
नेकपा र राप्रपा समर्थक व्यवसायिकहरुको तर्फबाट भएको पत्रकार सम्मेलनमा नेकपा १ नम्बर प्रदेशका इन्चार्ज देवराज घिमिरे, नेकपा झापा सचिव विजय सम्पाङ, निर्वाचन परिचालन समन्वय समितिका सह संयोजक वेदप्रकाश अग्रवालले शुभकामना व्यक्त गरेका थिए ।
कृष्ण पौडेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रचारप्रसार समितिका संयोजक गोपाल काफ्लेले गरेका थिए ।
यता नेपाली कांग्रेस समर्थक व्यवसयिकहरुको उम्मेद्वारी घोषणा कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधीर कुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, कोषाध्यक्ष केशवराज पाण्डे लगायतले उम्मेद्वारलाई शुभकामना दिएका थिए ।
नेपाली कांग्रेसका नेता देउकुमार थेवेले उम्मेद्वारको नामावली घोषणा गरेको कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए ।
फागुन ६ गते विहीबार उम्मेदवारको मनोनयन दर्ता गरिने बताइएको छ । आगामी फागुन १६ गते हुने निर्वाचनमा चार हजार पाँच सय ३९ मतदाता रहेका छन् । यसबाहेक ११ जना पूर्वअध्यक्षहरु मतदाता रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here