पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

0
369

सुनसरी।

सुनसरीको रामधुनी–३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१ प ३१४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक चौधरी गम्भिर घाईते भएका थिए ।

घाईते चौधरीको बिराट नर्सिङ होममा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पिकअप र चालक मोरङ सुन्दरहरैचाका दिलबहादुर कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here