दशनामी समाज बिर्तामोडको पाँच निर्णय

0
824

बिर्तामोड ।

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले विभिन्न पाँचवटा निर्णय गरेको छ ।

समाजले कोरोना महामारीका कारण कार्य सम्पादन गर्न असहज भएकोले कार्यसमितिको एकबर्ष कार्यकाल थप गरेको विहिवार बिर्तामोडमा बसेको वैठकले निर्णय गरेको अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

कोरोनाकहरका कारण यसै समितिलाई निरन्तरता दिने, कोष बृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने, नगरका छुट भएका बन्धुहरुलाई समेट्ने, नगरक्षेत्र भन्दा वाहिर समवेदना नलाने तर नगरको जिम्मेवारीमा रहेको बन्धुकोमा भने लाने, कार्यसमितिको थप अवधि एकबर्ष तोकिएपनि आवश्यक परे वैठक वसी समाजको विधानानुसार अगाडिबढ्ने अध्यक्ष गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here