कमलमा विषादी प्रयोगमुक्त सप्ताह

0
466

उमानाथ भण्डारी,
कमल ।

दिनप्रतिदिन बढिरहेको विषादी प्रयोगलाई न्यूनीकरण गर्दै अग्र्यानिक उत्पादन तर्फ लाग्न कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको कमल गाउँपालिकामा सञ्चालित विषादी प्रयोगमुक्त सप्ताह समापन भएको छ ।

विषादी न्यूनीकरणका लागि शुरुमा कृषकमाझ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र यस समूहका हरेक सदस्य सचेत भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् । शुरुमा कम उत्पादन भए पनि अहिले उत्पादन बढ्न थालेको र विषादीरहित उत्पादन बजारमा बिक्री गर्दा समेत बढी मूल्यमा ग्राहकले खरिद गर्ने गरेकाले कृषक उत्साहित भएको उनले बताइन् ।

विषादीरहित उत्पादनमा कृषि ज्ञानकेन्द्र झापाले स्थानीय तहसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गरी कृषकलाई विषादीरहित उत्पादनका लागि समेत सहयोग गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख निलकमल सिंहले बताए ।

कृषकले विषादी प्रयोग गर्दा वैकल्पिक विषादी प्रयोग गरेर समेत उत्पादन बढाउन सकिने भएकोले अबका दिनमा कृषकलाई त्यसतर्फ लाग्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले बताए ।

कार्यक्रम अघि जनप्रतिनिधिसहित विभिन्न कृषक समूहका प्रतिनिधिले विषादी न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्ले–कार्डसहित ¥यालीमा सहभागी भएका थिए । सोही कार्यक्रममा भएको विषादी न्यूनीकरण सम्वन्धि चेतनामुलक अन्तर समूह गायन प्रतियोगितामा प्रथम ज्योति आईपिएम कृषक समूह कमल–२, द्वितीय हातेमालो कृषक समूह कमल–५ र तृतीय साना किसान कृषि सहकारी कमल–७ भएका थिए । प्रतियोगितामा विजेतालाई कृषि उपकरणबाट पुरस्कृत गरिएको कृषि प्राविधिक प्रेम पोख्रेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here