गणेश माविको अध्यक्षमा राया

0
960

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्ना स्थित गणेश माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सामाजिक व्यक्तित्व शेरवहादुर राया सर्वसम्मत चयन भएका छन् । शिक्षक अभिभावक र वडाप्रतिनिधिको उपस्थितिमा नयाँ समिति चयन भएको हो ।

अध्यक्ष रायासंगै समितिका सदस्यहरुमा लक्ष्मण लिम्बू, मालती लिम्बू, गोपीमाया तामाङ, सुर्यप्रसाद अधिकारी, विमला राई र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम खतिवडा, ४ नम्वर वडा प्रतिनिधि फौदराज शेर्मा छन् । वाँकी एक सदस्य विद्यालयको शिक्षक रहने व्यवस्था छ । विद्यालयको वैठकले एक शिक्षकलाई सदस्यको रुपमा पठाउने बताइएको छ ।

नयाँ समिति चयन भएपछि विद्यालयले फरक लय समात्ने अभिभावकको विस्वास छ । अध्यक्ष रायाले पूर्वाञ्चल दैनिकसंग कुराकानी गर्दै बालविकास देखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठन–पाठन शुरु गर्ने जनाए । विद्यालयको शैक्षिक र भौतिक सुधार तर्फ आफ्नो ध्यान जाने अध्यक्ष रायाले बताए । कक्षा बालविकास देखि कक्षा १० सम्म जम्मा ५ सय विद्यार्थी अध्ययन् गरिहेका छन् ।

विद्यार्थी संख्या धेरै रहेपनि विद्यालयमा दरवन्दि कम हुदाँ पठन–पाठनमा समस्या रहेको अध्यक्ष रायाले जनाए । दरवन्दि पदपुर्ती गर्न स्थानीय तहसंग समन्य गर्ने बताए । यस्तै, विद्यालयको खेल मैदानको स्तरउन्नती गरी विद्यार्थीलाई पठन–पाठनसंगै अतिरिक्त क्रियाकलापमा समेत अब्वल वनाउने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here