अपाङ्गमैत्री छात्रा शौचालय निर्माणमा महालक्ष्मी विकास बैंकको सहयोग

0
988

तुलसीप्रसाद निरौला, बिर्तामोड  ।

झापाको बिर्तामोड – ३ बिर्ताबजारमा रहेको महेन्द्ररत्न माविमा निर्माण गरिएको अपाङ्गमैत्री छात्रा शौचालय निर्माणका लागि महालक्ष्मी विकास बैंक लिमिटेड बितामोड शाखा कार्यालयले आर्थिक सहयोग गरेको छ ।

वैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गमैत्री छात्रा शौचालय निर्माणका लागि दुई लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयका शाखा प्रमुख विजय कार्कीले बताए ।
महेन्द्ररत्न माविमा निर्माण गरिएको अपाङ्गमैत्री छात्रा शौचालय निर्माणका लागि रोटरी क्लव अफ बिर्तामोड , महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालय , रोटरी डिष्ट्रिक ३२९२ , रोट्रयाक क्लव अफ बिर्तामोड, महेन्द्ररत्न माविले आर्थिक सहयोग गरेको थियो भने नयाँ श्रीनाथ गण चारआलीले जनश्रमदान गरेको थियो ।

यसैबीच अपाङ्गमैत्री छात्रा शौचालय आइतबार विद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ ।

रोटरी क्लव अफ बिर्तामोडका प्रेसिडेन्ट निर्मल भट्टराईको अध्यक्षता तथा रोटरी डिष्ट्रिक ३२९२ गर्भनर इलेक्ट सन्तोष रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पास्ट प्रेसिडेन्ट विनोद वस्नेतले औचित्यमाथी प्रकाश पारेका थिए ।
कार्यक्रममा अपाङ्गमैत्री छात्रा शौचालय निर्माणमा सहयोग पुर्याउने महालक्ष्मी विकास बैंक लिमिटेड बितामोड शाखा कार्यालयलाई सम्मान गरिएको थियो । उक्त सम्मान महालक्ष्मी विकास बैंक लिमिटेड बितामोड शाखा कार्यालयकी अप्रेसन ईञ्चार्ज वनिता पोखरेलले ग्रहण गरेकी थिइन् ।

कार्यक्रममा महालक्ष्मी विकास बैंक लिमिटेड बितामोड शाखा कार्यालयका कर्मचारीहरु सृजना श्रेष्ठ , अंकिता दाहाल, दिपल अधिकारी ,तुलसी तिमल्सिनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ बिर्तामोडका सेक्रेटरी सञ्जीव घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here