सन्थाल समुदायकी पहिलो महिला वडा सचिव सुनितालाई सम्मान

0
559

दुहागढी ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सन्थाल समुदायबाट पहिलो महिला वडा सचिवको भूमिका निर्वाह गर्नु हुने सुनिता सोरेनलाई दुहागढीमा सम्मान गरिएको छ ।

श्रेय श्रृजना महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मेचीनगर १४ को वडा कार्यालयमा सम्पन्न वडा स्तरीय कार्यक्रममा सोरेनलाई सम्मान गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती, वडा अध्यक्ष शंकर प्रसाद पोख्रेल र कार्यपालिका सदस्य विन्दा प्रसाईंले संयुक्त रुपमा दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेका थिए ।

कविता, गित र नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा जीवन प्रसाईं, मेनुका घिमिरे, विश्व थापा, प्रमुख अतिथि उप्रेती लगायतले मन्तव्य राखेका थिए । नारी दिवस आयोजक समितिकी अध्यक्ष कलादेवी क्षेत्रीको सभापतित्व तथा कृष्ण कुमारी सुवेदीको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत गा्ेमा ढकालले गरेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here