देबी र ईन्दिरालाई उत्कृष्ट नारी सम्मान

0
952

झिलझिले ।

समाज रुपान्तरण र शिवसताक्षी नगरलाई पहिचानका आधारमा परिचित गराउने नगरका दुई महिला हस्तीलाई १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सम्मान गरिएको छ ।

शिवसताक्षी नगरपालिकाको परिषरमा सोमबार आयोजित भव्य समारोहका विच मौरिपालन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नगरको छुट्टै पहिचान बनाउन सफल देवीकुमारी ओली दाहाल सम्मानित भएकी छन् ।

ओली २० वर्ष देखि मौरिपालन व्यवसायमा क्रियाशिल छन् । उनकै नेतृत्वमा नगरमा ६ सय भन्दा बढी किसानले मौरिको व्यवसायीक पालन गरिहरेका छन् । ओली सतासी महिला मौरिपालन कृषी सहकारी संस्थाकी व्यवस्थापक तथा नेपाल मौरिपालन महासंघकी केन्द्रिय उपाध्यक्ष हुन् ।

यस्तै आफ्नो पैत्रिक सम्पती नेपाल सरकारलाई प्रदान गरेर समाज रुपान्तरणको भुमिकामा अग्रपंक्तिमा रहेकी ईन्दिरा गौतमपनि सम्मानित भएकी छन् । गौतम गोपाल गौरी दिगो विकास प्रतिष्ठान नेपालकी केन्द्रिय अध्यक्ष हुन् । १५ वर्ष देखी प्रतिष्ठान स्थापना गरेर पछिल्ला ४ वर्षदेखी तीनवटै सरकारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सघाईरहेकी गौतम एकल महिला हुन् । बेरोजगार महिलाले शिप सिकेर आत्मनिर्भर बन्न चाहे उनले शिप सिकाएर महिलालाई व्यवसायीक बन्न अभिप्रेरित गरिरहेकी छन् । उनले कम्तिमा ६० महिलालाई शिप सिकाएर रोजगारी दिएकी छन् ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, नगर स्तरीय महिला समितिकी अध्यक्ष गीता खरेलले दोसल्ला र सम्मान पत्रद्धारा दुबै जनालाई सम्मान गरेका थिए । १११ औ अन्तराष्ट्रिय महिला दिवस कार्यक्रमको आयोजक शिवसताक्षी नगर स्तरीय महिला समितिले दुबै जना सम्मान पाउने उत्कृष्ठ महिला पात्र छनौट गरेकोमा सहभागीले आयोजकको प्रशंसा समेत गरे ।

कार्यक्रमलाई भव्य बनाउन आयोजकले ११ वटै वडाबाट सयौंको संख्यामा महिलालाई सहभागिता गराएको थियो । आयोजकका अनुसार कार्यक्रममा कम्तिमा ५ सय महिला कार्यक्रममा सहभागी थिए । उनिहरु अधिकाँसलाई आयोजकले वडाबाट गाडिमा ल्याएको थियो ।

मारुनि नृत्य, नौमती बाजा र लिम्बु समुदायको च्याव्रुङ्ग नृत्यले कार्यक्रमको आकर्षण थपेको थियो । नौमती बाजामा कार्यक्रमका सहभागीले सामुहिक नृत्य पनि गरेका थिए । आयोजकले कार्यक्रमलाई थप आकर्षण बनाउन ११ वटै वडाबाट नारी विषयक कविता प्रतियोगिता पनि गराएको थियो । सो प्रतियोगितामा कक्षा १० मा अध्ययन गर्ने बालिका देखी ६८ वर्षकी वृद्धाले पनि सहभागिता जनाएका थिए । नगरको महिला तथा बालबालिका शाखाका प्रमुख बद्री दाहालका अनुसार प्रथमले १ हजार ५ सय, द्धितीयले १ हजार र तेश्रो हुनेले ५ सय नगद पुरस्कार पाउने छन् ।

कार्यक्रममा सहभागी महिलाई नारी दिवसको उपलक्ष्यमा शुभकामना दिदै नगरप्रमुख चन्द्रकुमार शेर्माले भने,‘ धर्म सास्त्रमा महिलालाई जसरी पुजिन्छ त्यसरी नै व्यवहारमा पनि नारीलाई समाजले पुज्न आवस्यक छ ।’

महिला माथिको हिंसा र सबै प्रकारको आक्रमण रोक्न सरकारले मजबुत कानुन बनाएपनि समाजमा त्यस्ता घटना घटाउने अपराधी उम्कने गरेको उनले बताए । महिलाको सामाजिक स्तर उठाउन महिला मैत्रि कार्यक्रम नगरले ल्याएको भन्दै उनले ती कार्यक्रमको सबै नारीले सामुहिक अपनत्व बहन गर्नुपर्ने नगर प्रमुख शेर्माले बताए । उनले बिकास निर्माणका कार्यक्रममा पनि महिलालाई सक्रिय सहभागी गराएको समेत अवगत गराएका थिए ।

नगर स्तरीय महिला समितिकी अध्यक्ष गीता खरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, जिल्ला समन्वय समितिकी सदस्य जुनु महाराले सम्मानित लगायतका कार्यक्रममा मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष गोमा रिजालले स्वागत गरको कार्यक्रमको संचालन सचिव रोजी लुईटेलले गरेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here