विमल दहाल,
माई, अपाङ्गत रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको जिल्ला स्तरीय समिक्षा तथा रणनैतिक बैठक शुक्रबार इलामको श्रीअन्तुमा सम्पन्न भएको छ ।
जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा बिगत पाँच बर्ष देखि इलाम जिल्लामा सञ्चालन रहेको हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रमको बारेमा सरोकारवालाहरु बिच अन्तरकृयात्मक समिक्षा भएको हो ।

करुणा फाउण्डेसन नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा इलामका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, दश वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकिय अधिकृत, प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक संस्थाका कार्यकारी निर्देशक दिपकराज सापकोटा, सह निर्देशक योगेन्द्र गिरी, जिल्ला ब्यबस्थापक अजीत योञ्जन लगायतले कार्यक्रमको प्रभाव र प्रगतीका बारेमा जानकारी गर्नुभएको थियो ।
सुर्योदयन गरपालिकाका मेयर रणबहादुर राईले स्वागत गर्नुभएको कार्यक्रममा इलाम नगरपालिकाका मेयर महेश बस्नेत, माईका मेयर, दिपककुमार थेबे, उपमेयर बिष्णुमाया आचार्य, रोङ गाँउपालिकाका अध्यक्ष शमशेर राई, सन्दकपुर गाँउपालिकाका उपाध्यक्ष, शोभा पराजुली, फाकफोकथुमका अध्यक्ष राम कुमार श्रेष्ठ, इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव कुमार खड्का लगायतले कार्यक्रमको प्रभावकारिता र आगामी रणनैतिक बारेमा बिचार राख्नुभएको थियो ।
जिल्ला समन्वय समिति ईलामका प्रमुख गणेश प्रसाद बारलको अध्यक्षतामा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय सरकार, प्रदेश सरकार र करुणा फाउण्डेसन नेपालको साझेदारीमा हाल इलाम जिल्लामा चार हजार तीन सय अपाङ्गता भएका ब्याक्तिको लागि उत्प्रेरणा कार्यक्रम, मातृशिशु कार्यक्रम, मोवाएल म्यासेजिङ्ग कार्यक्रम, संस्था सवलीकरण कार्यक्रम लगायत कृयाकलाप सञ्चालन भईरहेको बरिष्ठ कार्यक्रम अधिकृत प्रदिप अधिकारीले जानकारी दिनुभयो ।































