विराटनगर ।

स्वतन्त्र पत्रकार संघ नेपाल १ नम्बर प्रदेशको तदर्थ समितिलाई पूर्णता दिएको छ ।
असोज ३ गते शनिबार केन्द्रीय अध्यक्ष केवी मसालसहित जिल्लाका पदाधिकारीहरुको उपस्थितिमा इटहरीमा भएको भेलाले विजय खतिवडालाई संयोजक तोकेर दिएको जिम्मेवारी बमोजिम करिब ६ महिनामा उक्त तदर्थ समितिले पूर्णता पाएको हो ।
खतिवडाले पाएको अधिकार प्रयोग गरेर बिहीबार सुनसरी, मोरङ, झापाका स्वतन्त्र पत्रकारलाइ समेटेर उक्त तदर्थ समितिलाई पूर्ण दिएका हुन् । अन्य जिल्लाहरुबाट क्रमशः समिति निर्माण गर्दै प्रदेश समितिमा राखिने भएको छ ।
पत्रकारितामा देखिएको दलीय विकृतिलाई निरुत्साहित बनाउँदै ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु’ मूल नारालाई आत्मसाथ गर्दै संगठन बिस्तारका क्रममा उक्त प्रदेशसमिति बनेको संयोजक खतिवडाले बताए ।
खतिवडाका अनुसार १७ सदस्यीय उक्त समितिमा मोरङबाट उद्धव घिमिरे, जीतेन्द्र साह, दिनेश सिम्पाने पोखरेल, सिर्जना कार्की, दीपक खड्का चुनिएका छन् भने उद्धव कटवाल, कृष्ण माझी, टीका विश्वकर्मा, राजकुमार उप्रेती, सहदेव कार्की, भीमप्रसाद दाहाल, शेखरनाथ योगी, विमल शाक्य सुनसरीबाट रहेका छन। यसैगरी अन्य सदस्यहरुमा विमल शाक्य, सागर सिञ्जाली (धरान), रत्नबहादुर बस्नेत र केशव अधिकारी (झापा) रहेको खतिवडाले बताए ।
राजनितिबाट टाढा रहेको स्वतन्त्र पत्रकार संघले संगठनलाई थप बलियो बनाउदैं लगिरेहेका संयोजक खतिवडाले जानकारी दिए । उनले अहिलेको समयमा बढीरहेको पार्टीगत पत्रकारितबाट पत्रकारहरुलाइ बचाउन यो संगठनलाई अगाडि बढाएको बताए । कसैको दबाब र प्रलोभनमा नभई निष्पक्ष तरिकाले स्वतन्त्र पत्रकारहरुले काम गर्दै आइरहेको दाबी गरे ।






























