लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ

0
1764

झापा।

झापा र मोरङबाट लागूऔषध सहित चार जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–७ बाट लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।

प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो १ बजे स्थानीय ३७ बर्षीय नारायण किसानलाई तीन ग्राम लागूऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका किसानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

उता मोरङको बिराटनगर महानगरपालिका–१८ बाट लागूऔषध ट्याब्लेट सहित तीन जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो २ बजेको समयमा भारतीय नागरिक अररिया बैजनाथपुरका २३ बर्षीय दिलिपकुमार साह र बिराटनगर महानगरपालिका–१८ का दुई जना बालकलाई डाईजापाम–१९० ट्याब्लेट , फेनारगन–१९० ट्याब्लेट र नुफिन–१९० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here