झापा। 
लागूऔषध खैरो हिरोईन ब्राउनसुगर सहित झापाबाट एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा झापा कचनकबल–२ का २८ बर्षीय संजय लामा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे कचनकबल–२ सुकुनाडिकी स्थित एरियाबाट २५ ग्राम ५० मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
लामाको साथबाट ब्राउनसुगर तौलीने तराजु समेत बरामद गरिएको छ । पक्राउ परेका लामा विरुद्ध जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।































