तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
झापा अर्जुनधारा –११ निवासी सुनिता धिमाल राईले फरक तरिकाले जन्मदिन मनाएकी छिन् ।

स्वच्छ समाजका लागि सामाजिक अभियान झापाकी अभियन्ता तथा नेपाल लाइफ इन्स्योरेन्स बिर्तामोडकी एजेन्सी मेनेजर सुनिता धिमाल राईले बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा बालगृह तथा जुनकीरी सार्वजनिक प्राबि अर्जुनधारा –११ का बालबालिकाहरुलाई स्टेसनरी र खाद्यान्न बितरण गरि जन्मदिन मनाएकी हुन् ।
पछिल्लो समय फजुल खर्च गरी जन्मदिन मनाउने क्रम बढ्दै गएको र त्यसले समाजमा विकृति फैलाएको भन्दै जन्मदिनमा गरिने फजुल खर्चले सामाजिक कार्य पनि गर्न सकिन्छ भन्ने सन्देश दिन यस्तो तरिकाले जन्मदिन मनाएको उनले बताइन् ।
कार्यक्रममा सहभागी सामाजिक ब्याक्तित्व शेरबहादुर थापा, स्वच्छ समाजका लागि सामाजिक अभियान झापाका अध्यक्ष तथा गायक गणेश डुङ्गाना, सुनिताकी गुरुआमा कृष्णमाया चौधरी , ससुरा बुबा तीर्थबहादुर राई र श्रीमान् नवीन राई लगायतले सुनिताले गरेको कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रमको सहजीकरण जुनकीरी सार्वजनिक प्राबिका प्रधानाध्यापक रञ्जित परियारले गरेका थिए ।































