सुन्दर बचतको विशेष सभा

0
1196

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

सुन्दर बचत तथा ऋण सहकारी संस्था बिर्तामोड –४ को विशेष साधारण सभा सम्पन्न भएको छ ।

सरकारले ल्याएको सहकारी एकीकरण सम्वन्धी नीति अनुसार बिर्तामोड –४ को सुन्दर बचत तथा ऋण सहकारी संस्था र दमकको मेची सहकारी संस्था बीच एकीकरणका लागी अनुमोदन गर्न विशेष साधारण सभाको आयोजना गरिएको संस्थाका अध्यक्ष उत्तम खनालले बताए ।

संस्थाका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी व्यवस्थापक दुर्गा खनाल पोखरेलले स्वागतसहित औचित्यमाथी प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक तथा संस्था एकीकरण समितिका संयोजक सञ्जीव चापागाईंले बिर्तामोड –४ को सुन्दर बचत तथा ऋण सहकारी संस्था र दमकको मेची सहकारी संस्था बीच एकीकरण गर्न गरेको तयारी बारे जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष विष्णुकुमारी शिलवाल आचार्य , ऋण समिति संयोजक देवी संग्रौला , ग्रील तथा स्टील व्यवसायी संघ झापाका अध्यक्ष तेजेन्द्र उप्रेती , लेखा समितिका सदस्य लक्ष्मीप्रसाद गौतमलगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रेमप्रसाद पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here