कनकाई हस्पिटल बिर्तामोडको अध्यक्षमा पुन ः डा.शाही

0
760

तुलसीप्रसाद निरौला,बिर्तामोड ।

कनकाई हस्पिटल प्रालि बिर्तामोडको सञ्चालक समितिको अध्यक्षमा पुन ः डा.प्रेमबहादुर शाही चयन भएका छन् ।

कनकाई हस्पिटलको सोमबार बिर्तामोडमा भएको १४ औं वार्षिक साधारण सभाले डा.शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कनकाई हस्पिटलका मेडिकल डाइरेक्टर समेत रहेका डा. शाही वरिष्ठ स्पाइन सर्जन समेत रहेका छन् ।

त्यसैगरी कनकाई हस्पिटलको कार्यकारी प्रवन्ध निर्देशकमा युवराज डाँगी चयन भएका छन् भने सञ्चालक समितिमा संस्थापक अध्यक्ष खेमराज श्रेष्ठ , पूर्व अध्यक्ष महेन्द्रबहादुर राई, फडिन्द्र चापागाईं , राजकुमार राई , किशोर भूजेल रहेका छन् ।

कनकाई हस्पिटल प्रालि बिर्तामोडका डा.प्रेमबहादुर शाहीको अध्यक्षता तथा हस्पिटलका कम्पनि सचिव अधिवक्ता सोमबहादुर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हस्पिटलका पूर्व अध्यक्ष महेन्द्रबहादुर राईले स्वागत गरेका थिए ।
कार्यक्रममा हस्पिटलका संस्थापक अध्यक्ष खेमराज श्रेष्ठ , हस्पिटलका संयोजक युवराज डाँगीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन कनकाई हस्पिटल बिर्तामोडका सञ्चालक फडिन्द्र चापागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here