महिलालाई कपुर धुप बनाउने तालिम

0
896

तुलसीप्रसाद निरौला,बिर्तामोड  ।

युग निर्माण महिला समाज नेपाल १ नं.प्रदेश समितिको आयोजनामा कपुर धुप बनाउने तालिम शुरु भएको छ ।

संस्थाकी कार्यक्रम संयोजक चन्द्रकला भट्टराई दाहालको अध्यक्षता तथा मौलिक जरोकिलो पार्टी नेपाल १ नं.प्रदेश समितिका अध्यक्ष इन्द्रप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश समिति सचिव रोमादेवी निरौलाले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा गोमेन्द्र महाविद्यालयका प्राचार्य डा. रुपक खनाल, चेम्वर अफ कमर्शका प्रदेश अध्यक्ष राजेन्द्र घिमिरे, महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुव्वा, संस्थाकी प्रदेश शिक्षा विभाग प्रमुख तुलसा खरेल पाठक, संस्थाकी उर्लावारी समितिकी सहसंयोजक मनिषा पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाकी आजिवन सदस्य खेमकुमारी ओलीले सहभागि महिलालाई प्रदूषणरहीत मौलिक कपुर धुप बनाउन सिकाइरहेकी छिन् ।

कार्यक्रमको सञ्चालन मौलिक जरोकिलो पार्टी नेपाल १ नं.प्रदेश समितिका महासचिव अर्जुनकुमार भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here