पाँचथरको फाल्गुनन्दमा कोरोनाबाट एक पुरुषको निधन

0
718

युद्धबहादुर बोहोरा,
पाँचथर ।

पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नं ३ राँकेका ६४ बर्षीय एक पुरुपमा मृत्युपछि कोरोना पुष्टि भएको छ ।

उनको मृत्यु शंखास्पद बनेपछि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रम देखिएको फाल्गुनन्द गाँउपालिकाका सूचना अधिकारी राजेन्द्र भट्टराइले जानकारी दिए । यो सँगै पाँचथरमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मृतक पुरुलाई समान्य रुघाखोकी र ज्वरो आएपछि घरमै बसेका थिए । मृतक पुरुषको अन्त्यष्टि नेपाली सेनाको रणशेर गणको टोलिले गर्ने तयारी गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here