लामखुट्टेले टोक्ने बित्तिकै डेंगु लाग्ने र डेंगु लाग्ने बित्तिकै मानिसको ज्यान जाने नै हुन्छ भनेर त्रास पाल्नुभन्दा पनि के हँुदा यसको जोखिम कम हुन्छ र के गर्दा यो लाग्नबाट बच्न सकिन्छ भनेर बुझ्न जरुरी छ । डेंगुका कारण ज्यान गुमाउनेको इतिहास केलाउने हो भने समयमा उपचार नगराए, सबै प्रकारका ज्वरोलाई एकै प्रकृतिको ठानेर र मलाई ज्वरो पचाउने छमता छ भन्ने भ्रम पालेर भएको पाइन्छ । जसमा पछि चिकित्सकको हर प्रयास बिफल भएका छन् ।
के हो डेंगु ?
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो प्रकृतिको लामखुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सिँधै सर्दैन । वर्षात्को महिना सँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको पाइन्छ । डेगु संक्रमित लामखुट्टेलाई बढी प्रोटिन चाहिने र अझ गर्भवति लामखुट्टेलाई मान्छेकै रगत मन पर्ने भएकोले मानिसलाई बढी टोक्ने गर्दछ । अन्य यसको चरित्र अरु लामखुट्टेको जस्तो नभएर एउटैले धेरै जनालाई डस्न मन पराउनु हो । अहिले डेंगु फैलिनु मुख्य कारण पनि यही हो ।
डेंगुका भाइरस एडिस प्रजातिको फोथी लामखुट्टे एडिस एजिप्टाईले बोक्ने र लामखुट्टेको सन्तानमा पनि वंशानुगत रुपमा जाने हुँदा अझ जटिल बनिरहेको अवस्था छ । उसले आफ्नो जीवनकालमा करिब तीन सय सन्तान बढाउने र जीवनकाल २८–३० दिनको मात्र हुनु पनि अर्को तीब्र संक्रमणको कारण हो ।
रोगीलाई झुल मार्फत आइसोलेटेड गर्नु र सफा पानी जम्न नदिनु उत्तम नियन्त्रण उपाय हो । तीन दिन या ७२ घन्टा मात्र पनि स्थिर सफा पानी बसेमा गर्भवती लामखुट्टेले त्यहाँ फूल पार्न सक्छ । हामीले लामखुट्टेको देखिने लार्भाको नष्ट गर्नु पर्दछ । यसका लागि सचेतना, सर्च एण्ड डिस्ट्रोए, अर्लि डाइगोनोसिस र ट्रिटमेन्टको अवधारणामा कार्यक्रम शुरु गरिनु उचित हुन्छ ।
साउन १ गतेदेखि भदौ १३ गतेसम्म बिरामी भएर अस्पताल भर्ना भएका एक सय आठ जनाको रगत परीक्षण गर्दा तीन जनामा डेंगु पोजिटिभ पाइएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिएका छन् । यस आर्थिक वर्षमा डेंगु संक्रमणबाट झापामा एक जनाको मृत्यु भइसकेको छ । गत साउन २५ गते हल्दिबारी–४ की ४० वर्षीया अनिता पौडेलको डेंगु संक्रमणबाट मृत्यु भएको हो । इलामका युवा नारायण ढकालको मृत्युले डेंगुको त्रास बढाएको छ ।
डेंगुका मुख्य लक्षण तथा चिन्हहरु
– अचानक उच्च ज्वरो आउने गर्दछ,
– ज्वरो बढेकोबढ्यै गरेको महशुस हुँदैछ भनेर बिरामीले बताउँछ ।
– आँखाको गेडी, आँखा वरिपरी तथा कन्चटमा धेरै दुख्छ
– सबै शरीर दुख्नु, दुखाई जोर्नी र मांसपेशीमा अत्यधिक हुन्छ ।
– घाटी बस्नु
– साना बिमिरा आउन सक्दछ
– शरीर चिलाउने समेत गर्छ
– वाकवाकी लाग्नु र वान्ता समेत हुने गर्छ
– छटपटी हुनु,
– रिंगटा लाग्नु,
– निद्रा नलाग्नु,
– हड्डी तथा मांसपेशी निकै दुख्नु या बढ्दै गएको महशुस हुनु
– आँखा तथा घाटी रातो हुनु
– छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्ने र घरायसी उपचारमा नअल्मलिने ।
– रगत परिक्षण गरेर डेंगु भए÷नभएको कन्फम गर्ने । निदानका लागि कसैलाई दोस्रो पटक समेत पुन परिक्षण गर्नुपर्ने समेत हुन सक्दछ ।
– रगतमा प्लेटलेट (उभितभभितभक) लगातार घट्दै जान सक्छ जसका लागि नियमित चिकित्सकको परामर्शमा तोकिएको समयमा जाच गर्नु पर्दछ ।
– डेंगुलाई दचभबप दयलभ ज्वरो पनि भनिन्छ । किनकि यसले एकदम जोर्नी तथा मांसपेशी दुख्ने हुन्छ ।
रोकथाम, नियन्त्रण र विशेष सतर्कता ः
– लामखुट्टेको टोकाई बाट बच्नु रोकथामको प्रमुख उपाय हो
– झुलको नियमित प्रयोग, बजारमा पाइने mयकत्रगष्तय चभउभििभलत हरुको प्रयोग
– यसको बासस्थान र फूल पार्ने स्थान हटाउन घर वरिपरिका खाल्डाखुल्डी पुर्ने, खाली बट्टाबट्टी, फुलका गमला, टायर इत्यादिमा पानी जम्न नदिने ।
– ज्वरोको लागि आफैंले चाहिँ प्यारासिटामोल मात्र प्रयोग गर्नु र चिकित्सकको परामर्श लिनु पर्दछ ।
– आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग गर्नुहँुदैन । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्रावजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।)
– बालबालिका, वृद्धवृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई विशेष ख्याल गर्नुपर्दछ ।
– जुनसुकै प्रकृतिको ज्वरो भए र आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा (दाल गेडागुडीको झोल आदि) प्रशस्त खाने, सागसब्जी र फलफूल प्रयोग नियमित गर्ने ।
sureshkhatiwada112@gmail.com