कनकाईका पत्रकारलाई निशुल्क स्वास्थ जाँच

0
1204

सुरुङ्गा ।

नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीको समन्वय तथा सुरुङ्गा मेडिसिन सेन्टर एण्ड चन्द्रोदय क्लिनिकको आयोजनामा यहाँका पत्रकारहरुका लागि एक दिने निशुल्क होल वडी चेकअप क्याम्प संचालन भएको छ ।

आयोजक सुरुङ्गा मेडिसिन सेन्टरका प्रमुख यज्ञराज कार्कीका अनुसार पत्रकारहरुलाई सुगर, प्रेसर, कोलीस्टल, मुटु, मृगौला, जण्डिस, पिसाव लगायातका सबै समस्याहरुको निशुल्क चेक जाँच गरि औषधि समेत वितरण गरिएको हो ।

पत्रकारहरुलाई वरिष्ठ सुगर, प्रेसर पेट छात्ती मृगौला तथा कलेजो रोग विशेषज्ञ डाक्टर सम्पन्न बुडाथोकीको नेतृत्वमा चेकजाँच गरिएको थियो भने समस्या हुने तथा नियमित औषधि सेवन गर्ने पत्रकारहरुलाई निशुल्क एक महिनाको समेत औषधि वितरण गरिएको थियो ।

कोरोना महामारीका विच पनि जनताको हरपलको सुचनाहरु संकलन गर्न दिनरात नभनी खट्ने पत्रकारहरुका लागि निशुल्क स्वास्थ्य जाँचको कार्यक्रम राखिएको आयोजक समितिका कार्कीले बताउनुभयो ।

उक्त स्वास्थ्य शिविरमा कनकाई क्षेत्रका १५ जना पत्रकार महामारीका विच लाभान्वित भएको कार्यक्रम संयोजक लीलाराज झापालीले बताउँनुभयो ।

समस्यामा परेका वेला पत्रकारलाई निशुल्क स्वास्थ्य जाँचबाट ठुलो राहत मिलेको झापालीले बताउनुभयो । आफु आवश्यक परेको वेला पत्रकारलाई थप सहयोग जारी राख्ने सुरुङ्गा मेडिसिनका संचालक कार्कीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here