रोनाल्डोको लयमा पोग्बा : फ्रेममा कोक राखे, हटाए ‘हेनेकेन बियर’

0
1047

काठमाण्डौं ।

फ्रान्सका मिडफिल्डर पउल पोग्बाले पत्रकार सम्मेलनमा राखिएको ‘हेनेकेन बियर’ फ्रेमबाट हटाइदिएका छन्। उनको अघि पानीको बोतल, कोकाकोलको दुईटा बोतल र बियरको एउटा बोतल राखिएको थियो। सम्मेलनबिच पोग्बाले आफ्नो अघि राखिएको बियर भने हटाएका हुन्।

यसअघि जारी युरोकपको प्रि-म्याच पत्रकार सम्मेलनमा पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल फ्रेमबाट हटाएपछि कम्पनीको ब्राण्ड र सेयर मूल्यमा धक्का पुगेको थियो। घटना पछि सेयर मूल्य घटेपनि पछि लय समात्दै गएको छ।

उक्त घटना सेलाउन नपाउँदै पोग्बाले पनि फ्रेमबाट नन-अल्कोहलिक (मदिराको मात्रा नभएको) मानिएको बियर हटाएका छन्। घटना पछि हेनेकेन बियरको सेयर मूल्य भने घटेको छैन।

जर्मनीसँगको खेलमा जीत निकाल्दै म्यान अफ दि म्याच घोषित भएका पोग्बाले पोष्ट म्याच पत्रकार सम्मेलनमा बियरको बोतल हटाएका हुन्। रोनाल्डोले कोकको बोतल हटाउँदै पानी मात्र पिउने बताएका थिए। पोग्बाले भने आफ्नो अघि राखिएको बियरको बोतलमात्रै हटाएका हुन्। कोकाकोलाको बोतल भने उनले हटाएनन्।-पहिलो पोस्टबाट । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here