कोपा अमेरिकामा दुई खेल: ब्राजिलको प्रतिस्पर्धी पेरु, कोलम्बियालाई भेनेजुएलाको चुनौती

३ असार २०७८, बिहीबार मा प्रकाशित
  • 511
  •  
  •  
  •  
  •  
  •  
    511
    Shares

काठमाण्डौं ।

कोपा अमेरिकामा भोलि बिहान दुई खेल हुँदैछन्।

भोलि बिहान हुने पहिलो खेलमा कोलम्बिया र भेनेजुएला भिड्दैछन्। प्रतियोगिताको उद्घाटन खेलमै आयोजक राष्ट्र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएला पहिलो जितको खोजीमा उत्रने छ।

अर्कोतर्फ कोलम्बियाले आफ्नो पहिलो खेलमा इक्वेडरमाथि १-० को जित निकालेको थियो। यी दुई टोलीबीचको खेल भोली बिहान पौने ३ बजे शुरु हुनेछ।

त्यस्तै भोलि बिहान नै हुने अर्को खेलमा ब्राजिल र पेरु भिड्दै छन्। उद्घाटन खेलमै भेनेजुएलामाथि ३-० को सानदार जित निकालेको ब्राजिल लगातार दोस्रो जितको खोजिमा उत्रने छ।

त्यस्तै पेरु आफ्नो पहिलो खेलमै जितको लक्ष्यका साथ उत्रने छ। यी दुई टोलीबीचको खेल बिहान पौने ६ बजे सुरु हुनेछ।-पहिलो पोस्टबाट । 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here