क्र्याक ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गर्ने पक्राउ

0
446

झापा ।

झापाको मेचीनगर नगरपालिका–५ का ४० बर्षीय भीमराज लिम्बूको हत्या गरी फरार रहेका सोही स्थानका ५६ बर्षीय सुकराज लिम्बूलाई पक्राउ गरिएको छ ।

बुधबार राती पौने ९ बजे मेचीनगर नगरपालिका ५ ईटाभट्टा अधेरी टोल स्थित ग्राबेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा भीमराज मृत अबस्थामा फेला परेका थिए ।

तत्काल घटनास्थलमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले उनको हत्या भएको पुष्टी गरे संगै घटनामा संलग्न भई फरार रहेका सुकराजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सुकराजले आपसी झगडा हुदाँ खुट्टामा बाध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाधेर घटना घटाएको अनुसन्धानको क्रममा स्विकार गरेका छन् । उनी विरुद्ध थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here