उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको छ ।
मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट अटोमेटिक मिडइन अमेरिका लेखिएको पेस्तोल एक थान र गोली ५ राउण्ड फेला पारेको थियो ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र ३ थान, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र ८५ थान समेत फेला पारेको थियो ।
पक्राउ परेका चौधरी विरुद्ध थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।































