बेपत्ता भनिएका सकुशल फेला

0
406

जाजरकोट,

भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताउनुभयो ।

मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका—८ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का कृष्ण रोकाय आज बिहान मात्र भटिएको प्रनाउ थापाले बताउनुभयो ।

खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी अहिले खाना खुवाउने काम भएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here