युवा लक्षित कार्यक्रमका लागि नगरपालिकाको ध्यानाकर्षण

0
677

अच्युत सुबेदी, झापा ।

अबको बजेटमा आपूmहरुका मागहरु समेट्नुपर्ने भन्दै बिर्तामोडका युवाले आवाज उठाएका छन् । मुलुकको समग्र जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाका लागि युवा नीति तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै राष्ट्रिय युवा संघ बिर्तामोड नगरकमिटिले नगरपालिकालाई ध्यानाकर्षण गराएको हो ।

बिभिन्न समयमा भएका क्रान्तिहरुमा युवाहरुको ठूलो योगदान भएपनि अन्तत उनिहरु बिदेशिन बाध्य भएकोले श्वदेशमे रोजगारी शिर्जनामा स्थानिय तहले योजना बनाउनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । उनीहरुलाई बिदेश पलायन हुनबाट रोक्न राष्ट्रिय युवा निति, २०७२ र युथ भिजन २०२५ का निर्देशक सिद्वान्त, रणनिति र योजनालाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको हो ।

लघु उद्यम, सिप बिकास तालिम, व्यवसायिक कृषि, बिदेशमा सिकेका सिपलाई स्वदेशमा प्रयोग गर्नका लागि आवश्यक प्रस्तावका आधारमा योजना बनाउने लगायतको व्यवस्था गर्न नगरपालिकालाई सुझाव दिईएको छ । त्यसैगरि होम स्टे लगायतका व्यवसायिक क्षेत्र, युवा रोजगार प्रवर्धन केन्द्र, युवा आइटि पार्क, युवा प्रतिभा प्रोत्साहन कोष स्थापना, खेलकुद लगायत क्षेत्रलाई नगरपालिकाको बजेटमा समेट्नुपर्ने युवाहरुको आवाज रहेको छ ।

राष्ट्रिय युवा संघ बिर्तामोड नगरकमिटिका अध्यक्ष पारस संग्रौला, बिर्तामोड नगर इन्चार्ज केशव भण्डारी लगायत करिव २० जना युवाहरु नगरपालिकामा उपस्थित भएर नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । उनिहरुले युवाहरुको अनुभव आदानप्रदानका लागि नगर युवा सम्मेलन तथा यूवा महोत्सवको आवश्यकता रहेको तर्पm समेत नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

युवाहरुमा एच.आइ.भि. लगायतका प्राणघातक रोगबारे सचेतना, युवा स्वयससेवक परिचालन कार्यबिधि तर्जुमा लगायतमा नगरपालिकाको चासो हुनुपर्ने समेत बताए । ध्यानाकर्षण पत्र बुभ्mदै नगर प्रमुख शिवाकोटीले युवाहरुलाई धन्यवाद दिएका थिए । बजेट बाडफाडको चरणमानै यस्ता युवा लक्षित प्रस्ताव ल्याएको भन्दै शिवाकोटीले यो यसको राम्रो अध्ययन गर्दै अगाडी बढ्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here