यातायात मजदुरलाई खाद्यन्न वितरण

0
633

बिर्तामोड ।

दोस्रो लहरको कोरोना महाकारीका कारण निषेधाज्ञ लिम्विदै गएपछि छाक टार्न समेत समस्या झेल्दै आएका यातायात मजदुरलाई अखिल नेपाल टे«ड युनियन झापाले खाद्यन्न वितरण गरेको छ ।

महासंघ झापाले ४० जना यातायात मजदुरलाई सोमवार राहत वितरण गरेको हो । उनीहरु प्रत्येकलाई १० केजी चामल, आधा केजी दाहाल, एककेजी नुन, एक प्याकेट सोयाविन र आधा लिटर खानेतेल वितरण गरेको महासंघ प्रदेश नं. १ का इन्चार्ज भूपाल सापकोटाले जानकारी दिए ।

करिव ३० हजार रुपैयाँ बरावरको खाद्यन्न सामाग्री वितरण गरेको महासंघ झापाकी अध्यक्ष सीता सापकोटा सन्ध्याले जानकारी दिइन् । बिर्तामोड आसपास क्षेत्रका यातायात मजदुरहरुलाई राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रमको समन्वय अखिल नेपाल यातायात मजदुर संघ झापाका सदस्य पदमलाल तामाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here