मै हुँ नेपाल प्रहरी

७ असार २०७८, सोमबार मा प्रकाशित

तिम्रो समाजको पहरा गर्ने ।
तिमिलाइ दुःखमा साथ दिने ।।
तिमिलाइ बिपत्तिमा उद्दार गर्ने ।
तिमिलाइ अन्याय बाट रोक्ने ।।
म नै हु एक सच्चा नेपाल प्रहरी …२

तिम्रो समाज बदल्न सहयोग गर्ने ।
तिम्रा सन्ततिलाई दुर्ब्यसनबाट छुटाउने।।
महिला हिंसा विरुद्ध सदैब लाग्ने ।
हिंसकलाइ सदा कानुनी दायरामा ल्याउने
म नै हु एक सच्चा नेपाल प्रहरी …२

तिमि र तिम्रा सन्ततिलाई सडकमा नियम सिकाउने ।
जेब्राक्रसिङ्गमा हात समातेर बाटो हिडाउने ।।
सडक दुर्घटनामा उद्दार गरि अस्पताल पुर्याउने ।
दुर्घटना गराउने बाट क्षतिपूर्ति दिलाउने ।।
मै हु एक सच्चा नेपाल प्रहरी …२

आन्दोलनका बेला तिमिलाइ संयम बनाउने ।
तिमिले ताकी हानेका ढुङ्गा र इट्टा साबधानीसाथ समाउने।
तिमी तिर र भाला लिइ आउँदा संयम भै आदेश पर्खने।
कुनै कारण तिमि घाइते भैहालेमा अस्पताल लैजाने ।।
मै हु एक सच्चा नेपाल प्रहरी …२

शिवकुमार शर्मा (धिमाल )
बिराटनगर मोरङ्ग

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here