बजार ३ बजेसम्म खुल्ने, नीजि सवारीमा जोरबिजोर लागू

0
863

झापा ।

जिल्ला प्रशासन कार्यालय झापाले थप एक साता निषेधाज्ञा लम्ब्याएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएसंगै गत वैशाखबाट झापामा निषेधाज्ञा शुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिले झापामा सातौँ पटक निषेधाज्ञा थप गरेको हो । सोमबार बसेको डीसीसीएमसीको बैठकले आगामी असार २१ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा थप गरेको हो ।

डीसीसीएमसीको बैठकहरुले खाद्यन्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक र हार्डवेयर पसस, निर्माणजन्य सामग्री, इलोक्ट्रोनिक्स, टेलरिङ्ग, लत्ताकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी, मोटरगाडी शोरुम, प्लास्टिक तथा मेशिनरी पसलसमेत खोल्न पाउने निर्णय गरेको थियो । यस अघि पसलहरुलाई बिहान ६ बजेदेखि १२ बजेसम्म खोल्न पाउने अनुमति दिएको थियो । तर, सोमबारको बैठकले पसलहरु प्रत्येक दिन बिहान ६ देखि दिउँसो ३ बजेसम्म खोल्न पाउने निर्णय गरेको हो । पसल सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न पसल सञ्चालकहरुलाई आग्रह गरेको छ ।

सरकारी, सार्वजनिक संस्थान लगायतका कार्यालय भिडभाड नगराई, आलोपालो प्रणाली अन्तरगत सेवा प्रवाह गर्ने निर्णय भएको छ । डीसीएमसीले होटल तथा रेष्टुरेन्टले ‘टेक अवे’ सेवा नै यथावत राखिएको छ । मलखाद, बिउ, कुखुरा चल्ला, दाना, पशुपन्छी आहारालगायतका कृषि सम्बन्धि पसल बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना

त्यस्तै सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखानालगायत भने बन्द नै रहने निर्णय डीसीसीएमसीले गरेको छ । अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा कम्पनीलगायतका कार्यालयले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालय सञ्चालन गर्न आग्रह गरिएको छ ।

बैठकले अत्यावश्यकसेवाहरु बाहेकका सबै प्रकारका नीजि सवारी साधन, सिटीसफारी, अटोरिक्सा जोरविजोर प्रणाली अन्तरगत झापा जिल्ला भरी सञ्चालन गर्न पाउने निर्णय गरेको छ । सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न पाइने छैन ।

हवाई यात्रा गरेका / गर्ने यात्रुहरुलाई हवाई टिकट वा बोडिङ पास देखाएर विमानस्थलसम्म जान तथा विमानस्थलबाट गन्तव्यसम्म जान ट्याक्सि प्रयोग गर्न पाउने निर्णय गरेको छ । धान रोप्ने समय सुरु भएकाले खेत जोत्न प्रयोग हुने ट्रयाक्टर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । प्रशासनले बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here