क्षमताभन्दा तेब्बर कैदी

0
408

logo-of-purwanchalदमक, जेठ ५ । क्षमताभन्दा तेब्बर संख्यामा कैदी तथा थुनुवा रहेको झापा
कारागारमा कारगार भित्रै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ ।
आफूजस्तै जेल जीबन बिताईरहेका एक स्वास्थ्यकर्मीबाट कैदीबन्दिहरुले सेवा
पाईरहेका छन् । ज्यानमार्ने उद्योगमा जेल जीबन बिताईरहेका स्वास्थ्य साहयक९एच।ए०राजकुमार खरेल र यही दरबन्दी रहेकी रमिला रायले बिरामीको नियमित जाँच गर्दै आएका छन् । बिरामीलाइ कारागार कम्पाउण्ड भित्रै एउटा भिन्नै कोठामा स्वास्थ्य चौकीले दिने सबै सेवा प्रदान गर्ने गरेको झापा कारागार प्रमुख दीपेन्द्र खत्रीले बताउनु भयो । ३ महिना अघि देखि कारागारमा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न शुरु गरिएको र यसले कैदीबन्दिहरुले धेरै सहज भएको उहाँको भनाई छ । कारागारभित्रै एकजना स्वास्थ्य साहयक कैदी जीबन बिताई रहेको थाहा पाएपछि सल्लाह गरेर औषधीका लागि जिल्ला जन स्वास्थ्य कार्यालयसंग समन्वय गर्दै सेवा शुरु गरिएको खत्रीले बताउनु भयो । जिल्ला जन स्वास्थ्य कार्यालयबाट उपलब्ध नभएका औषधीहरु भने ब्याक्तिगत तथा सामूहिक पहलमा आफूहरुले किनेर ल्याएर राखिएको समेत खत्रीको भनाई छ । बिगतमा बिरामीहरुले समयमा उपचार नपाएर कैदीबन्दीहरुको ज्यान गएको भन्दै तनावहरु हुने गरेकोमा अहिले उपचारमा सहज हुदा कुनै गुनासो नआएको बताईन्छ ।
कैदी जीबन बिताईरहेका खरेलले बिहान १० बजे कारागारबाट निस्केर आफ्ना
कैदीबन्दि साथीहरुको स्वास्थ्य परीक्षण गर्ने, उपचार गर्ने कार्यमा संलग्न हुने
गरेको र फेरी बेलुका कारगार भित्रै गएर सुत्ने गरेको प्रहरी नायव निरीक्षक
मनोज पौड्यालले बताउनु भयो । कारगारले खरेललाई कुनै पारिश्रमिक र भिन्न
प्रकारको सुविधा नदिएको र कैदी कै रुपमा ब्यवहार गरीने गरेको बताईएको छ

कारागारकी स्वास्थ्य साहयक रमिला रायका अनुसार दैनिक रुपमा ४० देखि ५० जना कैदीबन्दिहरुको परीक्षण तथा उपचार हुने गरेको छ । यहाँ उपचार हुन नसक्ने अवस्था देखिएमा तथा बिरामीको अवस्था जटिल रहेमा मेची अञ्चल अस्पतालमा ‘रेफर’ गरिने गरेको रायले बताउनु भयो ।

गर्मि बढेसंगै कारागारमा छालाका रागी तथा दादको प्रकोप देखिएको र अहिले
सबै उपचारमा रहेको उहाँको भनाई छ । ५० भन्दा बढी बिरामीमा दाद तथा
एलर्जी र रुघाखोकी देखिएको रायको भनाई रहेको छ । कारागारमा ४० भन्दा
बढी हाईड्रोशिलका बिरामी भेटिएको जनाइएको छ । कोचाकोच रुपमा कैदीबन्दिहरु बसेकाले एकपछि अर्कोलाई सर्ने खतरा रहेकाले पर्याप्त मात्रामा औषधी र नियमित रुपमा बिरामीको अवस्था बुझ्ने थरेको बताईन्छ । २ सय २५ जना कैदीबन्दि रहेको झापा कारागारमा अहिले ७ जना नावलक सहित ६ सय ८९८ जना कैदीबन्दि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here