झापाका नदीमा १६ किलो मिटरभन्दा बढी तटबन्ध

0
567

उमानाथ भण्डारी,
कमल।

जनताको तटबन्ध कार्यलय झापाले यस वर्ष जिल्लाका ठुला नदीहरमा १६ किलोमिटर भन्दा बढी गरेको छ ।

तटवन्ध गरिएका नदिहरुमा मेचि, विरिङ्ग, कन्काई, कमल, रतुवा र माव मा पक्कि तथा माटोको गरि जम्ममा १६ हजार ९ सय ७३ मिटर तटबन्ध र ६७ वटा स्पर निर्माण गरिएको को कार्यालयले जनाएको छ ।

तटबन्द निर्माण भएपछि नदि किनारामा रहेका ३ हजार ७ सय २४ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् भने १७ हजार ३ सय ४० जना जनता लाभान्वित हुनुका साथै २ सय २७ हेक्टर भन्दा बढी जग्गा उकास भएको जनताको तटबन्ध कार्यलय झापाका प्रमुख रुपनारायण अधिकारीले जानकारी दिनुभयो ।

तटबन्ध गरिएका नदिहरु मध्ये मेचि नदीमा १ हजार २ सय २७ मिटर पक्कि र ३ सय मिटर माटोको तटबन्ध गर्नुका साथै १५ वटा स्पर निर्माण गरिएको छ । जस बाट ८ हेक्टर जमिन उकास भएको छ भने ४ सय ९० घरधुरी र १ हजार ९ सय ६० जना जनसंख्या लाभान्वित भएका छन् । त्यसैगरी विरिङ्ग नदीमा २ हजार ३ सय ५२ मिटर पक्कि र ७ सय ९४ मिटर माटोको तटबन्ध गर्नुका साथै १५ वटा स्पर निर्माण गरिएको छ । जस बाट ३१ हेक्टर जमिन उकास हुनुका साथै २ हजार ४ सय ३५ घरधुरी र ११ हजार ७ सय ५० जनसंख्या लाभान्वित भएको प्रमुख अधिकारीले बताउनुभयो ।

कन्काई नदीमा आएको बाढी बाटहुने क्षतीलाई न्युनिकरणका गर्न नदि किनारामा २ हजार ८ सय ३७ मिटर पक्कि र ५ सय ५९ मिटर माटोको तटबन्ध निर्माण गर्नुका साथै १६ वटा स्पर निर्माण गरिएको छ । जस बाट १ सय ८ हेक्टर जमिन उकास हुनुका साथै ३ सय ५१ घरधुरी र १ हजार ६ सय ६९ जना जनसंख्या लाभान्वित भएका भने कमल नदीमा २ हजार ४ सय १० मिटर पक्कि र १ सय हजार ७ सय २० मिटर माटोको तटबन्ध निर्माण गरिएको छ भने १२ वटा स्पर निर्माण गरिएको छ । जस बाट ४५ दशमलव ५० हेक्टर जमिन उकास भएको छ ८४ घरधुरीका ४ सय १६ जना जनसंख्या लाभान्वित भएका छन् ।

कार्यालयले रतुवा र मावा नदी अन्तर्गत मोरङ्गतर्फ ५ सय ९८ मिटर पक्कि तटबन्ध गरेको छ भने १ वटा स्पर निर्माण गरिएको छ । जस बाट ७ हेक्टर जमिन उकास भएको छ यस बाट ६३ घरधुरीका २ सय ६०जना जनसंख्या लाभान्वित भएका छन् । त्यसैगरी सोहि नदिको झापा तर्फ २ हजार ३० दशमलव ५० मिटर पक्कि र ६ सय मिटर माटोको तटबन्ध गरेको छ भने १ दशमलव ६० वटा स्पर निर्माण गरिएको छ । जस बाट २२ हेक्टर हेक्टर जमिन उकास भएको छ यस बाट १ सय ७६ घरधुरीका ७ सय ८५ जनसंख्या लाभान्वित भएको कार्यालयले जनाएको छ ।

जनताको तटबन्ध कार्यालयले जोखिमयुक्त जिल्ला अन्तर्गत सदर्मुकाम भद्रपुर नगरपालिकामा मेचि नदिले गर्ने क्षतीलाई न्युनिक।ण गर्ने उद्येश्यका साथ ८ सय ८४ मिटर पक्कि र ६ सय ६१ मिटर माटोको तटबन्ध गरेको छ भने ७ वटा स्पर निर्माण गरिएको छ । जस बाट ६ हेक्टर जमिन उकास भएको छ यस बाट १ सय २५ घरधुरीका ५ सय जना जनसंख्या लाभान्वित भएका छन् ।

बर्खा सुरुहुना साथ याहाका ठुला नदी मेचि, विरिङ्ग, कन्काई, कमल, रतुवा र माव नदीमा ठुलो बढी आउने र वढीले आफ्नो धार परिवर्तन गरी गाउँ पस्नाले कडरौं रुपैयाको क्षतीहुनुका साथै मानविय क्षतीपनी उत्तिकै हुनेगरेको छ । बाढी कारण झापाका हजारौ व्याक्ति घरवार विहिन हुने गरेका छन् भने लाखौं विघा जमिन बगरमा परिणत हुनेगरेको छ ।

रतुवा नदीको दाँया किनारामा पर्ने दमक १० स्थित पाँचथरे टोलमा ४० वर्ष देखी रतुवा खोलमा आएका बढीले दुख दिईरहेको छ । बाढीका कारण स्थानिय वसीको सायौं विघा खेत बगरमा परिणत भएको छ भने ५ सय घरपरिवार लाई पत्यक्ष असर पुगेको स्थानिय वसी शुकपाल चेम्जुङ्ग बताउनुहुन्छ

यस ठाउँमा कार्यक्रमले ६ सय ७५ मिटर तटबन्धन गरेपछि वर्षैा देखी बाढीको समस्य भोग्दै आएका स्थानिय वासि अहिले रातीको समयमा ढुक्क संग सुत्न थाल्नुभएको दकम १० का वडा सदस्य वालकृष्ण खनाल बताउनुहुन्छ
२०२५ साल असोज महीनाको दशैको बेला रतुवा नदीमा आएको बाढीले धान पाकेको खेतलाई बगरमा परिणत गरेको घटना अझै पनि ताजै छ । त्य यता पनि बाढीले धेरै दुख दिने गरेको थियो तर अहिले तटबन्ध गरेकोले ढुक्क भएको कमल ५ का स्थानिय हरिप्रसाद कार्कि बताउनुहुन्छ ।

झापाका नदिमा स्थाई रुपमा तटबन्ध गर्नकालागी १८ अरब रुपैयाको डिपिआर तयार गरिएको छ । चालु अर्थिक वर्षमा पक्कि र माटोको गरी ६२ करोड रुपैयामा १६ हजार ९ सय ७३ मिटर तटबन्धको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण गरिएको तटबन्ध वापतको १५ करोड ७७ लाख रुपैया भुक्तानि दिन अपुग भएको जनताको तटबन्ध कार्यलय झापाका प्रमुख अधिकारी बताउहुहुन्छ ।

यतिको संख्यमा तटबन्ध गरेपनि झापाका ठुला नदीमा आएको बाढीका कारण हुन सक्ने जोखिम क्षेत्र अझ धेरै छन् । झापामा स्थायी तटबन्ध गरी जोखिम न्युनिकरण गर्न तटबन्ध कार्यालय झापाले १८ अरब रुपैयाको डिपिआ मध्ये हाल सम्म ३ अरब ६० करोड रुपैया खर्च गरि सकेको छ । यस बाट झापाका ठुला नदीमा १ सय किलोमिटर मात्र तटबन्ध गरिएको छ । कार्यालयले तयार पारेको डिपिआर अनुसारको रकम संघीय सरकारको समयमा विनियोजन गरेमात्र तटबन्धको काम समयका सम्पन्न हुने छ र तव मात्र नदी किनाराका जनता वर्षा याममा रातको समयमा ढुक्क संग निदाउन पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here