सफाईकर्मीलाई कोरोना भएपछि फोहोर संकलन प्रभावित

0
677

दमक ।

झापाको दमकमा सफाई कर्मचारीहरुलाई कोरोना संक्रमण फैलिएपछि फोहोर संकलन तथा सफाई अभियान प्रभावित भएको छ । नगपालिकाले सफाईको जिम्मा निजी कम्पनीलाई दिएर अहिले सफाई अभियान चलिरहेको छ ।

नेक्स्ट ईरा इनर्जी प्रालि दमकले दैनिक फोहोरमैला संकलन तथा व्यवस्थापन सम्बन्धी काम गर्दै आएको छ । बजार सरसफाईमा संलग्न मध्ये १७ जना मजदुर कोरोना संक्रमण भएका कारण होम आईसुलेसनमा रहेको नेक्स्ट ईरा ईनर्जी प्रालिका अध्यक्ष युवराज घिमिरेले बताए ।

सो बाहेक पनि सवारी चालकसहित थप ८ जना सफाई कर्मचारीहरु पुनः संक्रमित भएकाका कारण सफाईको काम थप प्रभावित भएको छ– घिमिरेले भने । वैकल्पिक चालक तथा सफाई कर्मचारीको व्यवस्थापन गरेर भए पनि बढी फोहोर संकलन हुने क्षेत्रमा सफाईको काम नरोकिएको र दैनिक कतिपय ठाउँहरुमा फोहोर संकलन गर्न जान नसकिएको नेक्स्ट ईरा ईनर्जी प्रालिका अर्का सञ्चालक बिमल खतिवडाले बताएका छन् ।

निषेधाज्ञा रहेको यो अवस्थामा फोहोरमैला संकलन तथा व्यवस्थापन जस्तो अति आवश्यक सेवालाई केही दिन मुख्य सडक तथा चोक बाहेक अन्य क्षेत्र मा फोहोरमैला संकलन तथा व्यवस्थापन हुन नसक्ने जानकारी नगरपालिकामा आएको नगरपालिकाको सरसफाई शाखाले जनाएको छ ।

दमक झापा जिल्लामा नै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको पालिकामा पर्दछ । सक्रिय कोरोना संक्रमितको संख्या ९ सय पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । कोरोना परिक्षण गरिएकाहरुमध्ये करिब ५५ प्रतिशतसम्ममा कोरोना संक्रमण पुष्टि भइरहेको स्वास्थ्य शाखाको भनाइ रहेको छ ।

नगरपालिकाले बैंक तथा वित्तीय संस्थाको एटिएम सेवा बाहेक सम्पूर्ण सेवा बन्द छ । नगरपालिका तथा वडा कार्यालयबाट अत्यावश्यक वाहेकका सेवा सबै रोकिएको दमक नगरपालिका उपसचिव दिनेश न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here