किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

0
573

काठमाडौँ,

चीनसँग सीमानाका जोडिएको सङ्खुवासभाको किमाथाङ्का मार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ । नेपाली कांग्रेसका नेता दीपक खड्काको नेतृत्वमा आज सङ्खुवासभावासीले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटगरी पूर्वी पहाडी जिल्लाका बासिन्दालाई चाँडै खोपको सुनिश्चितता प्रदान गर्न आग्रह गरेका हुन् ।

“तेस्रो चरणको कोरोना आउनुपूर्वनै सङ्खुवासभाका सबै स्थानीय तहका जनताले खोप प्राप्त गर्नुपर्छ, किमाथाङ्काबाट कोरोना खोप ल्याउन लाग्ने हेलिकोप्टर ढुवानी म आफू बेहोर्छु”, उहाँले भन्नुभयो ।

नेता खड्काले दुवै चरणको खोप लगाएका जनतालाई निर्वाधरूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न, कोरोनाको बहाना देखाएर बन्द रहेका सबै सरकारी कार्यालयका कर्मचारीलाई खोप प्रदान गरेर सञ्चालन गर्न र दुवैमात्रा खोप लगाएका पर्यटकलाई निर्वाधरूपमा मुलुकमा घुम्ने वातावरण निर्माण गर्न आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकार तेस्रो चरणको कोरोना महामारीका बारेमा सचेत रहेको र यसका लागि आवश्यक गृहकार्य थालिसकेको जानकारी दिनुभयो । उहाँले पाँच करोड २२ लाख डोज खोप सुनिश्चित गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here