झापाका पत्रकार शिवाकोटीको कोरोना संक्रमणका कारण मृत्यु

0
901

दमक,

कोरोना विरुद्धको जोनसोन एण्ड जोनसोन खोप लगाएका झापाको कमल ५ साविक लखनपुरका स्थायीबासिन्दा पत्रकार गणेश शिवकोटीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

आम्दा अस्पतालमा उपचाररत अन्दाजी ५५ बर्षिया शिवाकोटीको बिहिबार साँझ करिब ६ बजे मृत्यु भएको हो । उनको उपचारमा संलग्न अस्पतालका डा. नविन ढकालका अनुसार शिवाकोटीले केही समय अघि सो खोप लगाएका थिए ।

खोप लगाए पनि उनमा कोरोना पोजिटिभ देखिएको थियो । अथक प्रयासका बाबजुद शिवाकोटीलाई बचाउन नसकिएको बताउँदै भने– अस्पताल आउँदा नै उहाँ ( गणेश)को छातीमा कडा किसिमको निमोनिया थियो । कोरोना संक्रमणकै कारण बिग्रिएको फोक्सोलाई पुरानो अवस्थामा फर्काउन सकिएन ।

करिब ४–५ दिन अघिमात्रै शिवाकोटी उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए । उनलाई सघन उपचार कक्षपछि पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । शिवाकोटी दमकस्थित रेडियो झापाका सञ्चालक तथा प्रवन्ध निर्देशकका रुपमा समेत थिए ।

उनी झापा बाहिर लामो समय पत्रकारितामा सक्रिय भएपनि दमकमा करिब ३–४ बर्ष अघिदेखि सो एफएमको सञ्चालक तथा निर्देशकका रुपमा रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here