आकृती तिम्सिना,दमक।

सरकारले जारी गरेको अध्यादेशको विरुद्धमा दमक क्याम्पस कमिटीको प्राङ्गणमा विरोध प्रर्दशन गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीको गृह नगर दमकमा अनेरास्ववियुका कार्यकर्ताहरुले देउवा सरकारले दल विभाजन सम्वन्धी अध्यादेश ल्याएर देशलाई पुनः राजनीतिक अस्थिरतामा लगेको भन्दै विभिन्न नाराबाजीका साथ साङ्केतिक रुपमा अध्यादेश जलाएका हुन ।
अनेरास्ववियु दमक क्याम्पस कमिटीका सक्रिय विधार्थी कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न गरिएको कार्यक्रमका प्रमुख अतिथि रहेका अनेरास्ववियु झापाका अध्यक्ष समर्पण खतिवडाले आफ्नो मन्तव्यमा देउवा सरकारले एमाले फुटाउन संसद छलेर यो अध्यादेश ल्याएको भन्दै विरोध गरेका छन ।
उनले जयसिंह धामीको बारेमा नबोल्ने, सुकुम्बासीको अधिकार खोस्न लागि पर्ने, संसद छलेर अध्यादेश जारी गर्ने देउवा सरकारको नालायक निर्णय तत्काल खारेज गर्न माग समेत गरेका छन ।
त्यसैगरी अनेरास्वियु इलामका कार्यलय सदस्य साथै कार्यक्रमका विशिस्ट अतिथि निशेष राईले अझ शसक्त आन्दोलनमा उत्रने बताउदै, एमालेको शक्तिलाई देखेर आत्तिएको यो सरकारले अध्यादेश जारी गरेर एमालेलाई चिढ्याउने काम गरेको र देशलाई अस्थिरतामा धकेलेको आरोप समेत लगाएका छ्न ।
,अनेरास्ववियु दमक क्याम्पस कमिटी अध्यक्ष भिजन चेम्जोङको सम्योजकत्वमा सम्पन्न कार्यक्रममा , उदघोषण इलाम जिल्ला कमिटी सदस्य शुक्र फागोको रहेको थियोे ।






























