लागूऔषध सहित एक जना पक्राउ

0
653

मोरङ। 

मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट लागूऔषध सहित एक जनालाई प्रहरी पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा सुनसरी धरान ६ का २० बर्षीय निखिल राय रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here