स्याटरडे स्कूलको ५ औँ बार्षिक उत्सव

0
592

झापा।

बिर्तामोडमा सञ्चालनमा रहेको स्याटरडे स्कूलले आफ्नो ५ औँ बार्षिक उत्सव मनाएको छ ।

शनिबार बिद्यालयमा बिद्यार्थीहरुलाई बृक्षारोपण र बगैचा व्यवस्थापनको कक्षा दिदँै बार्षिक उत्सव मनाईको प्रिन्सिपल सरोज खरेलले जानकारी दिनुभयो । मेचीनगर ९ स्थित डी एण्ड डी बायो प्लानटेकका सञ्चालक डिल्ली उप्रेतीले कक्षाको सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा नानीबाबुहरुलाई बातावरण संरक्षणसँगै बृक्षारोपणको महत्व बारे जानकारी गराइएको थियो । कार्यक्रममा बिद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिनुका साथै बिरुवा बितरण समेत गरिएको थियो । बालबालीकाहरुमा अतिरिक्त ज्ञान तथा शिपको आवश्यकतालाई बुझेर बिर्तामोडमा ५ बर्ष अघि बिद्यालय सञ्चालनमा आएको हो । बिद्यालयले नृत्य, गायन, संगित, हस्त कला, उद्घोषण लगायतका बिषयमा बिद्यार्थीहरुलाई कक्षा दिदै आएको छ ।

बिद्यालयबाट हाल सम्म ४ सय बिद्यार्थीले शिक्षा लिई सकेको र चाँडै बालबालिकाहरुलाई मोवाईल रिपेयरिङ, व्युटिसियन, इलेक्ट्रिसियन जस्ता व्यवहारिक बिषयमा कक्षा दिइइने संस्थापक प्रणित पुडासैनीले जानकारी दिनुभयो ।

शनिबारको बालबालीहरुको खाली समयलाई सदुपयोग गर्दै बालबालिकालाई अतिरिक्त बिषय तथा व्यवहारिक शिपमा दक्षबनाउ बिद्यालय सञ्चालनमा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here