नेपाल ब्लग च्यालेन्जको टप ११ मा झापाका विश्वास राई

0
819

बिर्तामोड।

 

नेपाल ब्लग च्यालेन्ज २०२१ को लागि झापाका विश्वास राई टप ११ मा पर्न सफल भएका छन् ।

बिर्तामोड नपा वडा–५ का बासिन्दा राई २० वर्षीय प्रतिस्पर्धी हुन् । सानै देखि भिडियोग्राफीमा रुचि राख्ने उनी भिडियो ब्लगमा मार्फत आफूलाई चिनाउँन चाहान्छन । स्थानीय न्यूटन्स् कलेजबाट कक्षा १२ सम्मको अध्ययन पूर गरेका उनी हाल देवी उच्च मावि विर्तामोडमा विविएस प्रथम बर्षमा अध्ययनरत छन् ।

आगामी अक्टुवर ७ तारिक विहिबार हुने टप ५ का लागि छनौटमा आफूलाई भोट गरेर अघि बढाउन सबै जना सँग भोट अपिल गरेका छन्। उनलाई भोट गर्न इसेवा बाट भोटिङ्ग गरी नेपाल ब्लग च्यालेन्जमा गई भोट गर्न सकिने छ ।

११ प्रतिस्पर्धीहरुलाई भिडियो ब्लागका आधारमा निर्णायक मण्डलमा रहेका निश्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य तथा मिलन थापाले चुनेका हुन् ।११ प्रतिस्पर्धीहरूमा भ्लगर प्रज्वल थापा मगर , फिल्ममेकर निशान भुजेल, ट्राभल भ्लगर नीशा खालिङ राई, रोशन महर्जन, आयुष्मान् घर्ती मगर, विश्वास राई, आशुतोष बाराही, आत्मीय बराल, रेतिश गैन्जु, सुजन गौतम तथा समीर ताम्राकार रहेका छन् । आगामी विहिबार टप ५ का प्रतिस्पर्धी चुनिछ भने क्रमश टप ३ का लागि अक्टुवर १२ मा र विजेता अक्टुवर १७ मा चुनिने छन ।

प्रतियोगिताको विजेताले नगद १० लाख पाउने छ । नेपालका हिमनदी र हिम श्रङ्खला बारे विश्वव्यापी प्रचार गर्ने उदेश्यका साथ विश्वका चरचित भिडियो ब्लगकरहरु सँग प्रतियोगीताका विजेताले सगरमाथा आधार शिविर सम्मको पदयात्रामा सहभागी हुने अवसर पाउँने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here