सहाराद्वारा सामाजिक सुरक्षा भत्ता वितरण

0
349

बिर्तामोड ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था घैलाडुब्बा सेवा केन्द्रले १५ जना महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

संस्थाले शनिवार घैलाडुब्बास्थित सेवा केन्द्रमा आवद्ध एकल तथा जेष्ठ महिलाहरुलाई भत्ता वितरण गरेको हो । कार्यक्रममा एकल महिला प्रत्सोहन कार्यक्रम अन्र्तगत ११ जनालाई ८ हजारका दरले, जेष्ठ नागरिक पोषण सम्मान ३ जनालाई ६ हजारका दरले र बृद्ध सदस्य सम्मान एकजनालाई १० हजार रुपैयाँ प्रदान गरेकोे सेवा केन्द्र प्रमुख निर्मला प्रसाईले जानकारी दिइन् ।

सेवा केन्द्र इकाई समितिकी सदस्य नर्वदा संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ९ का वडा सदस्य राजेश आङवाङको प्रमुख आतिथ्य रहेको थियो । उक्त कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश संस्थाका अनुगमन अधिकृत घनश्याम रायले पारेका थिए ।

कार्यक्रम वारे प्रकाश पार्दै रायले संस्थाले विभिन्न ९ प्रकारका सेवा सदस्यलाई प्रदान गर्दै आएको बताए । ६ वटा जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले सदस्यलाई दशैंअघि ९ सय ३५ जनालाई एक करोड ७ लाख ४९ हजार रपैयाँ वितरण गर्ने रायले जानकारी दिए । सेवा केन्द्र प्रमुख प्रसाईले सञ्चालन गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय घैलाडुब्बाका इन्चार्ज गंगा थापाको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here