शिक्षकदेखि संस्थापकसम्म हरिकुमार

0
601

 हरिकुमार प्रसाई (६३)को नाम सुन्ने वित्तिकै उनलाई चिन्ने र जान्नेहरुको मानसपटलमा नक्सा कोरिन थाल्छ – असल र सफल शिक्षासेवी, शिक्षालयका सञ्चालक, शालीन, लगनशील व्यक्तित्व, न्यूटन्स एजुकेशन एकेडेमी अनारमनी–४ बिर्तामोडका संस्थापक प्रिन्सिपल । ४० वर्षदेखि निरन्तर शिक्षासेवामा शिक्षकदेखि प्रिन्सिपलसम्मको व्यक्तित्व । आफ्नो कर्ममा योग्य, दक्ष र उत्कृष्ट व्यक्तित्व । असल र राम्रो बन्ने अनि उत्कृष्ट, असल र राम्रा विद्यार्थी उत्पादन गर्न सधै चिन्तित शिक्षासेवी हुन् प्रसाई । त्यो चिन्ता र लगनशीलताले सफल पनि बनेका छन् प्रसाई । उनको रुचि पनि त्यही ।
भन्छन् – ‘अभिभावकले न्यूटन्समा जिम्मा लगाएका बच्चा उत्कृष्ट, असल र राम्रो बनाएर यो राष्ट्रका लागि समर्पित गछौं ।’ लक्ष्य पनि त्यही – ‘स्कुलिङलाई राम्रोसाग लाने, विद्यालयलाई वास्तविक विद्यालय बनाउने, जहाा सबै प्रकारका वातावरण पर्याप्त होस् ।’ शुरुदेखि नै शिक्षा क्षेत्र र सेवालाई सर्वाेपरी ठानी अघि बढेका प्रसाईको शैक्षिक जीवन यात्रा कम रोचक छैन ।
२००८ साल मंसीर ४ गते लक्षिमा र देवीप्रसादका पुत्र भई तत्कालीन तेह्रथुमको हाङपाङ हालको ताप्लेजुङमा जन्मिएका प्रसाईले कक्षा ९ सम्मको शिक्षा त्यहीको सरस्वती माविमा हासिल गरे । २०२५ सालमा परिवारै बसाई सरेर झापा आएपछि घैलाडुब्बास्थित आदर्श विद्या मन्दिरमा कक्षा १० मा भर्ना भए उनी । २०२६ सालमा एसएलसी दिएका उनी मेची अञ्चलबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने एक मात्र विद्यार्थी बने । प्रथम डिभिजनमा उत्तीर्ण हुनु त्यतिबेलाका लागि ठूलो सफलता थियो । उनको सफलतालाई शिखरमा पुऱ्याउन प्रसाई परिवारले उनलाई काठमाडौंमा पढाउने निर्णय लियो । झापाबाट एकसय १४ रुपैयाा बस भाडा तिरेर उनी काठमाडौं पुगे । त्यहाा अमृत साइन्स कलेजमा भर्ना भए । उनका मिल्ने साथी भेटिए उपेन्द्र देवकोटा, बाबुराम भट्टराईहरु । बाबुरामको सेक्सन अर्कै भए पनि उपेन्द्रसाग एउटै वेञ्चमा बसेर पढे प्रसाईले । बाबुरामसाग पनि उत्तिकै घुलमिल थियो उनको । आइएस्सी त्यहाा पढेपछि बीएस्सीका लागि रसियाबाट ८ वर्षे कोर्षसहितको छात्रवृत्ति प्राप्त भएपनि उनी त्यता लागेनन् । त्यही बेला रामपुरमा कृषि क्याम्पसमा उनी बीएस्सी भर्ना भए । पढाइ सकेर उनी झापा फर्किए । त्यो कुरा उनी पढेको स्कूल आदर्श विद्या मन्दिरका तत्कालीन प्रधानाध्यापक लोकनाथ अधिकारीले थाह पाएर विद्यालयमा कृषि पढाउने शिक्षकको खााचो छ अब आफू पढेको विद्यालयमा सेवा गर भन्ने आग्रह गरे । आग्रहसागै प्रधानाध्यापक अधिकारीले प्रसाईलाईं जिल्ला शिक्षा अधिकारी नारायण झाकोमा सागै लगे र भने – ‘हाम्रो विद्यालयमा मात्र होइन यतिबेला कृषि पढाउने शिक्षक कहीं पाइदैन अनि यिनलाई स्थायी रुपमा नराखे अन्तै गइहाल्छन् त्यसैले अहिले नै स्थायी नियुक्ति दिनुपऱ्यो ।’
त्यतिबेलाको समयमा त्यस्तो दक्ष, योग्य र अति आवश्यक जनशक्ति भेट्दा जिशिअ पनि दंग परे र ६ महिना परीक्षण काल रहने गरी ठाडो नियुक्ति दिएर पठाए । कुरो २०३१ सालको हो । त्यतिबेला मावि शिक्षकको तलब ५ सय ७० रुपैयाा थियो । प्रसाई मावि शिक्षकको रुपमा त्यहाा पठनपाठनमा व्यस्त रहे । २०३६ सालमा शिक्षक आन्दोलन शुरु भयो । माग थियो – सरकारी कर्मचारी सरह शिक्षकको पनि सुविधा हुनु पऱ्यो । आन्दोलनको अभियानका क्रममा यज्ञराज प्रसाईको अध्यक्षतामा झापामा पनि नेपाल राष्ट्रिय शिक्षक संगठन बन्यो । त्यसको सचिव भए हरिकुमार । संगठनको व्यानरमा आन्दोलन चर्कियो । उनीहरु प्रहरी प्रशासनको तारो बन्दै गए । संगठन सबै शिक्षकको साझा भन्ने बुझाइ थियो उनको, तर प्रहरी प्रशासनले त्यो कम्प्युनिष्टहरुको संगठनमा किन लागेको भन्दै तनाव र दवाव सिर्जना गर्न थालेका थिए । त्यतिबेला ३९ दिन देशव्यापी विद्यालय हड्ताल नै भएको थियो । आन्दोलनकै क्रममा उनी संगठनको केन्द्रीय सदस्य पनि भए । आन्दोलनको अर्काे चरणमा १ सय २ दिन विद्यालय हड्ताल भयो । त्यतिबेलाका अञ्चलाधीश केवी जिसीले पनि बोलाएर आन्दोलन नगर भनेर दवाव दिन थालिसकेका थिए । प्रहरीको व्यवहार र दवाव पनि उस्तै थियो । घैलाडुब्बामा प्रसाईसागै राम सिटौला, शेखर दाहाल पनि पढाउाथे । उनीहरुसहित ५ जनाले निर्णय गरे – शिक्षककै अधिकारको लागि आवाज उठाउादा पीडा पाइन्छ भने यस्तो जागिर किन खानु, बरु राजीनामा गरौं । उनीहरुले जागिर त्यागे २०४२ सालमा । त्यही विद्यालयमा २०३२ सालबाट पढाउन शुरु गरेकी घैलाडुब्बाकी धर्मा पराजुलीसाग ०३६ सालमा प्रसाईको विवाह भइसकेको थियो ।
जागिर छोडेपछि प्रसाई, रामसर र शेखर सरले बिर्तामोडमा शिक्षणलाई संस्थागत गर्दै सगरमाथा प्राविका नाममा विद्यालय खोले । कक्षा ६ देखि ८ सम्मको सो विद्यालयमा शुरुमा ८८ विद्यार्थी थिए । विद्यालय राम्रै चल्दै गयो । पहिले भर्ना भएका विद्यार्थीलाई ०४५ सालमा ९ र १० मा भर्ना गर्नुपर्ने अवस्था आयो । त्यो बेला विद्यार्थीलाई विद्यालयले पठनपाठनको उचित वातावरण दिन सक्ने अवस्था थिएन । सबैको सल्लाहमा विद्यालय नजिकै रहेको आफ्नो जग्गामा प्रसाईले घर बनाए होष्टलका लागि । त्यो घर त्यतिबेला बिर्तामोडकै ठूलो थियो । राति १२ बजेसम्म होष्टलमा शिक्षक राखेर अत्यन्त मेहनतका साथ विद्यार्थी पढाए उनले । १० कक्षाका ३० विद्यार्थीमा पहिलो, दोस्रो र तेस्रो बाहेक २७ जना होष्टलमै बस्थे । ती विद्यार्थी एसएलसी सामेल भए, सबै उत्तीर्ण भए र तिनीहरुमध्ये नै पूर्वकै उत्कृष्ट पनि भए । विद्यालय अझ राम्रो भयो । त्यही बीचमा प्रिन्सिपल शेखर सरसाग प्रसाईले पूर्व सहमति अनुसार आफ्नो पनि शेयरको कुरा उठाउादा नमिलेपछि अब शिक्षक मात्र भएर नबस्ने अडानका साथ २०४५ सालमै प्रसाईले सगरमाथा विद्यालय छोडे । त्यही बेला चक्र बास्तोला लगायतको ठूलो टिमले अब राष्ट्रिय स्तरको विद्यालय खोल्नु पर्छ भनेर जमर्काे गऱ्यो । त्यो जमर्काेमा प्रसाई पनि सामेल भए । १८ जनाको टिमले बिर्तामोडमा दिपज्योति बोर्डिङ स्कूल खोल्यो । एक वर्ष बिर्तामोडमै विद्यालय चल्यो । त्यसपछि तीन विगाह जग्गा अर्जुनधारामा खरिद गरेर विद्यालय सञ्चालन गरे । शुरुका दिनदेखि नै उनी प्रिन्सिपल भए । त्यहाा रहादा २०४७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन कम्युनिष्टहरुकै रहेछ भन्ने ठहरका साथ प्रजातन्त्रवादी शिक्षक संगठित हुने तयारी भयो । प्रसाई, मोहन जोशीसर लगायतको अगुवाईमा नेपाल शिक्षक संघ स्थापना गरियो । कृष्ण शिवाकोटी अध्यक्ष रहे भने प्रसाई दुई कार्यकाल सचिव । २०५२ सालमा उनी संघको केन्द्रीय सदस्य पनि भए । पछि संघलाई ट्रेड युनियन अन्तर्गत लैजाने विषयमा विवाद भएपछि उनले छाडे । दिपज्योतिमा कक्षा ६ देखि १० सम्म पठनपाठन शुरु गराउादा २ सय ५० विद्यार्थी थिए । त्यहाा उनले ०५९ सालसम्म प्रिन्सिपलको कुशल नेतृत्व प्रदान गरे जतिबेला ६ सय ९८ विद्यार्थी थिए । विद्यालय जिल्लाकै उत्कृष्टमा दरिएको थियो । ०५९ सालमै सरकारले निजी विद्यालय कम्पनी या त ट्रष्टमा लैजानु पर्ने नीति ल्यायो । त्यही नीतिको बीचमा विर्तामोडमा ज्ञानोदय विद्यालय समस्यामा पऱ्यो । विद्यालयकी सञ्चालक विष्णु कार्कीले प्रसाईलाई बोलाएर भनिन् – ‘मैले अब कम्पनी र ट्रष्टको झमेलामा गएर विद्यालय चलाउन नसक्ने भएा, अरुलाई दिादा विद्यालय मर्ला । त्यसैले तपाईको घर पनि छ यो विद्यालय लिइदिनुपऱ्यो, मैले अब यो विद्यालय तपाईलाई जिम्मा लगाएा । मलाई सहयोग गरिदिनुहोस् ।’ कार्कीले ढिपि गरेपछि प्रसाईले दिपज्योतिमा कुरा राखे – ‘मैले एउटा स्कूल लिनै पर्ने भयो, लिएपछि चलाउनु पर्छ त्यसैले मैले अब समय दिन नसक्ने हुादा यहााबाट विदा दिनुपऱ्यो ।’ प्रसाईलाई विदा दिन कसैले मानेको थिएन । तर २०५९ को शैक्षिक सत्र शुरु गराइदिएर उनी ज्ञानोदय चलाउन कस्सिए । ज्ञानोदयको नाम परिवर्तन गर्ने उनमा सोच आयो । आफू पनि साइन्सको विद्यार्थी भएको हुनाले वैज्ञानिकको नामबाट विद्यालयको नाम राख्न उनी इच्छुक भए । नाम जुराए – न्यूटन्स । कुनै पनि बस्तुले तौलको आधारमा अर्काे वस्तुलाई आफूतिर आकर्षित गर्ने वा तान्ने क्षमता राख्छ भन्ने गुरुत्वाकर्षण बलका आविष्कारक न्यूटनप्रतिको श्रद्धा र उनको आविष्कारलाई संस्थागत रुपमा टेवा पुऱ्याउन विद्यालयको नाम त्यसबाट राखिएको प्रसाईको प्रस्टोक्ति छ । उनी भन्छन् – ‘आज पनि न्यूटनको आविष्कारलाई गलत सावित गर्न, कमजोर पार्न र चुनौति दिन कुनै वैज्ञानिक निस्किएका छैनन् ।’
प्रसाईले न्यूटन्स शुरु गर्दा उनले लिएको ज्ञानोदयका ५ जना विद्यार्थी मात्र त्यहाा आए । कक्षा १ देखि ८ सम्मको न्युटन्समा पहिलो वर्ष १ सय ६० विद्यार्थी थिए । विद्यालय चलाउने मात्र होइन राम्रो बनाउछु भनेर प्रसाई कस्सिए । अहिले कक्षा १२ सम्म पढाइ हुन्छ त्यहाा । २०६२ बाट एसएलसीमा सामेल न्यूटन्समा शतप्रतिशत विद्यार्थीले एसएलसी उत्तीर्ण गरिरहेका छन् । यस वर्ष १ सय ३ जनाले एसएलसी दिएका छन् । १२ कक्षासम्म १ हजार ३ सय ८० विद्यार्थी अध्ययनरत छन् भने १ सय जना यसै शैक्षिक सत्रमा मात्र थपिएका हुन् । उच्च माविमा सीमित सिटमा कोटा राखेर व्यवस्थापन र विज्ञान विषयमा मात्र पढाइ हुन्छ न्यूटन्समा । कक्षा नर्सरीदेखि एलकेजीसम्म मन्टेश्वरी प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइादै आएको छ । ४९ जना शिक्षकसहित १ सय २ जना कर्मचारीको रोजगारी र उनीहरुको परिवार पनि धानेको छ न्यून्टसले । एउटा सानो गाडी र पााच वटा बस तथा ७ करोडको आधुनिक सुविधासम्पन्न भवनमा ११ कठ्ठा क्षेत्रफलमा अहिले उत्कृष्ट शैक्षिक प्रतिष्ठानको रुपमा स्थापित छ न्यूटन्स । प्रसाईले आफ्नो पैतृक सम्पत्ति, जीवनभरको कमाई र बैंकबाट लिएको ऋणबाट विद्यालयलाई अहिलेको अवस्थामा पुऱ्याउन सकेको सुनाए । बुट्टाबारी आसपास डेढदेखि २ विगाह जग्गा लिएर अरु तीन चार करोड बैंकको ऋणमा नमूना विद्यालय बनाउने तयारीमा छन् प्रसाई । अहिले संस्थापक प्रिन्सिपल रहेका हरिकुमार न्यूटन्सका मात्र होइन झापाली शिक्षक क्षेत्रका नायकका रुपमा जान्ने चिन्नेहरुले बुझ्ने गरेका छन् । घैलाडुब्बामा उनले पढाएका कयौं विद्यार्थी डाक्टर, इञ्जिनियर भएका छन् भने न्यूटन्सबाट पनि दुई जना डाक्टर उत्पादन भइसकेका छन् । उनले पढाएका विद्यार्थीमध्ये डा. हरिचन्द्र उप्रेती नेपालकै सिनियर प्याथोलोजिष्ट हुन् भने इञ्जिनियर खेमप्रसाद कडारिया डेढदशक सरकारी सेवा गरी अहिले अमेरिकामा छन् ।
सरकारी जागिर छोडेर निजी क्षेत्रमा आएपछि निजी विद्यालयका सञ्चालकहरुलाई संगठित गर्न पनि अग्रसर भए । निजी विद्यायहरुको संगठन प्याब्सनको २०५५ देखि २०६३ सम्म झापा अध्यक्ष भए उनी । जनयुद्धको चपेटामा निजी विद्यालयको सञ्चालक त्यसमा पनि प्याब्सनको अध्यक्ष हुादा अत्यन्त चुनौति खेप्नु परेको उनी स्मरण गर्छन् । पछि प्याब्सनको केन्द्रीय उपाध्यक्ष र सल्लाहकार पनि भए प्रसाई । अहिले उनी खासै कुनै संस्थामा आवद्ध छैनन् । भन्छन् – ‘मेरो स्कूल छ त्यहाा समय दिनु पर्छ, म यता बसो भने समय दिन सक्दिन । त्यसकारण मलाई कतै नराख्नुहोस् राख्नुहुन्छ भने काम नपर्ने र समय दिनु नपर्ने ठाउामा राख्नुहोस् ।’ सायद यही कारण प्रसाई सफल बनेको लाग्छ । जेमा लागिन्छ त्यसमा लगनशील र एकाग्र भई लाग्नु पर्ने शिक्षा उनीबाट अरुले पनि लिनु पर्ने देखिन्छ । शिक्षा क्षेत्रमा उनको योगदानको कदर गरेर २०६४ सालमा सरकारले सम्मानसमेत गरेको थियो ।
प्रसाई २०३८ सालमा शिक्षकहरुको आन्दोलन सफल भई देशभरका सबै शिक्षकले सरकारी कर्मचारीसरह सेवा पाउने सम्झौता भएको क्षण आफू अत्यन्त खुशी भएको सम्झन्छन् । ‘साह्रै संघर्ष गरेका थियौं, ठूलो उपलब्धि हासिल गराइयो – हामीले शुरुवात नगरेको भए आन्दोलनले धेरै पछि मात्र सफलता पाउाथ्यो कि’ – प्रसाई भन्छन् । न्यूटन्स शुरु गरेकै बेला उनलाई छोराछोरी पढाउने आर्थिक भार पनि पऱ्यो । त्यो बेला उनले सबै छोराछोरीलाई राखेर भनेछन् – ‘सबै सम्पत्ति राखेर बैंकबाट ऋण लिएर तिमीहरुलाई पढाउाछु, पछि ऋण तिर्न सक्छौ भने पढ नत्र नपढ ।’ छोरीहरु विदेश पढ्न जाने तयारीमा थिए । सबैले हामी तिर्छौ भनेर प्रण गरेपछि प्रसाईले एनसीसी बैंकबाट ३२ लाख रुपैयाा शैक्षिक कर्जा निकाले र पढाए । उनकी जेठी छोरी प्रविना ज्वााइका साथ अमेरिकामा नर्स छिन् भने माइली स्मिता पनि ज्वााइका साथ अमेरिकामै सोही पेशामा । कान्छी छोरी निर्जा अष्ट्रेलियामा एमबीए गरेर बैंकमा जागिर खान्छिन् भने ज्वााइ पनि बैंकमै । छोरा आशीष भारतको बेङ्लोरमा एमबीए गर्दैछन् । श्रीमती धर्माका साथ प्रसाई न्यूटन्सको नेतृत्व लिएर बसेका छन् । पढ्नका लागि लिएको ऋण छोरीहरुले पढाइ सकेर चार वर्षपछि चुक्तामात्र गरेनन् जन्माएर राम्रोसाग पढाएकोमा खुशी हुादै तीनै जना छोरीले मिलेर पिता हरिकुमारलाई कार उपहार दिएका छन् ।
हरिकुमारकी श्रीमति धर्मा पनि अत्यन्त मेहनति छिन् । उनी न्यूटन्समै शिक्षण गर्छिन् । आफ्नो सफलतामा उनको महत्वपूर्ण स्थान रहेको हरिकुमार बताउाछन् । होष्टलमा विद्यार्थी र प्रसाई दम्पत्ति एउटै भााडोमा पकाएको खाना खान्छन् । विद्यार्थीलाई आफ्नै मातापिताले झै अभिभावकत्व प्रदान गरेर अनुशासनमा राखेका छन् । विद्यालयका सञ्चालक र विद्यार्थीबीच खानपानमा कुनै विभेद छैन । ‘त्यही देखेर हामीले हाम्रा छोराछोरी न्यूटन्समा पढाएका हौं’ – अभिभावकहरुको सामुहिक स्वर छ । शिक्षक कर्मचारीलाई पनि मित्रवत र सम्मानजनक व्यवहार हुने गरेको र त्यहीबाट न्यूटन्सप्रति शिक्षक कर्मचारी पनि आकर्षित, लगनशील र सन्तुष्ट रहेको शिक्षक देवेन्द्र हुमागाईको बझुाइ छ ।
७० वर्षको उमेरसम्म प्रिन्सिपल नै भएर शिक्षण सेवामा सक्रिय हुने सोचमा छन् उनी । त्यतिबेलासम्ममा न्यूटन्समा स्नातकोत्तर (डिग्री) तहसम्मको पठनपाठन शुरु गराउने उनले बताए । शिक्षकको सेवा सुविधाको पक्षमा आन्दोलन गर्दा जागिरै त्यागेका प्रसाईले शिक्षक तलब लगायतका सुविधामा सन्तुष्ट भएन भने उ शिक्षण गर्न मानसिक रुपमा तयार नहुने कुरा बुझेका छन् । मानसिक रुपमा तयार नभई गरिएको शिक्षणको असर विद्यार्थीमा पर्ने ठहर गरेका प्रसाई गुणस्तरीय शिक्षा दिई दक्ष र असल विद्यार्थी उत्पादन गर्न सर्वप्रथम शिक्षकको सन्तुष्टिमा जोड दिन्छन् । यही यथार्थ पुष्टि गर्न उनले आफ्नो विद्यालयमा चारवर्षे चरणगत परीक्षण पूरा गरेका शिक्षकलाई स्थायी नियुक्तिपत्र, सरकारी शिक्षक सरहको तलब सुविधा, उपदानको समेत व्यवस्था गर्दैछन् । भन्छन् – ‘शिक्षक सन्तुष्ट भई राम्रो शिक्षण गरेर असल र दक्ष विद्यार्थी उत्पादन भए भने म पनि सन्तुष्ट हुन्छु, लक्ष्य पूरा हुन्छ ।’ सबैमाझ हरि सरले परिचित हरिकुमारप्रतिको सबैको बुझाइ छ – ‘शिक्षण र शिक्षालाई चलाउन अनि बालबालिकालाई गर्ने व्यवहार र अनुशासनका पाठ उहााबाट सिक्न जरुरी छ ।’
प्रस्तुति: एकराज गिरी

harikumar prasain

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here